भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

जिल्ला स्तरीय हाजिरी जवाफमा पाणिनी गाँउपालिकाको समूह प्रथम

सन्धिखर्क ।
रचनात्मक तथा नविनतम कार्य गर्दै आईरहेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, अर्घाखाँचीले शुक्रवार जिल्ला स्तरीय वृहत हाजिरी जवाफ कार्यक्रम भव्यताका साथ समपन्न गरेको छ ।

अर्घाखाँची जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालय, गैर सरकारी संस्था, शैक्षिक तथा वित्तीय संस्थाहरुबीच हुने हाजिरी जवाफ प्रतियोगितामा विभिन्न कार्यालयका १६ समूह सहभागी भएका थिए । कार्यक्रम सेवा प्रवाहमा असर नपरोस भनेर आयोजकले अपरान्ह २ ०० बजे देखि शुरु गरेको थियो ।

कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो । उदघाटन सत्रका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले व्यानर वाचन गरेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख कोष नियन्त्रक दिपक अधिकारी, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल, सनपा १२ का वार्ड अध्यक्ष नारायण खड्का, जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारी, शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मनिराम पराजुली लगायत कार्यालय प्रमुखहरु, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल, नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, नेपाल निजामती संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारी, राष्ट्रीय कर्मचारी महासंघका जिल्ला अध्यक्ष पूर्ण प्रसाद पराजुली र कर्मचारी संगठनका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य शिला पोखरेल र दिलिप के।सी।लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिदै प्रमख अतिथि प्रमुख जिल्ला अधिकारीले निजामती कर्मचारीहरु आधिकारी ट्रेड युनियन जिल्ला कार्य समिति, अर्घाखाँची देशमै नमूना भएको बताउदै, कर्मचारीहरुको पहिलो काम सेवा प्रवाह र दोश्रो ट्रेड युनियन अधिकार भन्दै सेवा प्रवाहलाई समेत मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिदै सफलताको कामना गर्नु भएको थियो । साथै यस्ता कर्मचारीको वृतलाई फाईदा पुग्ने र रचनात्मक क्रियाकलापमा आफ्नो सदैव साथ, सहयोग, समन्वयन र सदभाव रहने समेत बताउनु भएको थियो ।

त्यसै गरी कार्यक्रममा शुभकामना मन्तव्य दिदै पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले जिल्ला स्तरीय हाजिरी जवाफ कार्यक्रम आयोजना गर्नु नै चुनौती पूर्ण काम भएको भन्दै कार्यक्रमको सफलताको कामना व्यक्त गर्नु भएको थियो ।

त्यसै गरी कार्यक्रम सफलताको कामना गर्दै कार्यक्रममा सफल गराउन पूर्ण साथ र सहयोग रहेको निजामती कर्मचारी युनियनका अध्यक्ष माधव अर्याल, निजामती कर्मचारी संगठनका अध्यक्ष गणेश भण्डारी र राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष पूर्ण प्रसाद पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा कारागार कार्यालय अर्घाखाँचीमा नयाँ पदस्थापन भई आउनु भएकी कार्यालय प्रमुख रचना बुढाथोकीलाई प्रमुख जिल्ला अधिकारी तथा अध्यक्षबाट स्वागत गरिएको थियो ।

१६ समूह सहभागी भएको हाजिरी जवाफ प्रतियोगितमा पाणिनी गाँउपालिकाको समूह प्रथम, सन्धिखर्क नगरपालिकाको समूह द्वितीय, जिल्ला निर्वाचन कार्यालयको समूह तृतीय र मालपोत कार्यालय अर्घाखाँचीको समूह सान्त्वना भएका थिए ।

प्रथम पुरस्कार रु। ७ हजार, दोश्रो पुरस्कार रु। ५ हजार, तेश्रो पुरस्कार रु ।३ हजार र सान्त्वना पुरस्कार रु १५ सय रहेको कार्यक्रमको पुरस्कारको प्रायोजन क्रमश मेघा बैंक सन्धिखर्क शाखा, कुशुम फेन्सी स्टोर्स, आचार्य स्टोर्स तथा अर्डर सप्लायर्स र ईन्फोनेट कम्प्युटर कन्सल्टले गरेको थियो । सन्धिखर्क नगरपालिका वार्ड नं। १२ का वार्ड अध्यक्ष नारायण खड्काले व्यक्तिगत रुपमा प्रथम हुनेलाई ५ हजार, द्वितीयलाई ४ हजार र तृतीय र सान्त्वनालाई रु १र१ हजार पुरस्कार वितरण गर्नु भएको थियो ।

कार्यक्रमका अध्यक्ष आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माले उत्साहजनक सहभागी भएको कार्यक्रम सफल गराउने सम्पूर्णमा विशेष आभार, धन्यवाद तथा कृतज्ञता प्रकट गर्नु भएको थियो ।

कार्यक्रम प्रयोजन गर्नुहुने, मार्गदर्शन तथा सल्लाह सुझाव दिनुहुने प्रमुख जिल्ला अधिकारी, सम्पूर्ण कार्यालय प्रमुख, पूर्व अध्यक्षहरु, कार्यक्रमका सहभागीहरु, क्रियाशिल ट्रेड युनियनका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरु लगायत सम्पूर्णमा धन्यवाद दिदै कार्यक्रम सम्पन्न गर्नमा अहम भूमिका खेल्ने कार्यक्रम संचालन समितका संयोजक हरि प्रसाद डुम्रे सदस्यद्वय मञ्जु खनाल, नारायण प्रसाद दमासे र कार्यालय सचिव सुदिप जि।सी। लगायत सम्पूर्ण कार्य समितिलाई विशेष धन्यवाद दिनु भएको थियो ।

जिल्ला समन्वयन समितिको हलमा सम्पन्न कार्यक्रम मञ्जु खनालको संचालन, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य, नारायण प्रसाद दमासेको प्रतियोगिता संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation