भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

कञ्चनले पायो प्रथम उपमेयरकप महिला खुल्ला कबड्डी प्रतियोगिताको उपाधि

बुटवल ।
बुटवलमा सञ्चालित उपमेयरकप अन्तरपालिका महिला प्रथम खुल्ला कबड्डी प्रतियोगिताको उपाधि कञ्चन गाउँपालिकाले हात पारेको छ । शनिबार न्यू होराइजन मावि कालिकानगरमा भएको फाइनल प्रतिष्पर्धामा न्यू होराइजन स्पोर्टस क्लबलाई पराजित गरी कञ्चनले उपाधि चुमेको हो । कञ्चनले ३५ र होराइजनले ३२ स्कोर ल्याए ।

त्यस्तै प्रतियोगितामा बुटवल उपमहानगरपालिका र सियारी गाउँपालिका तृतीय भएका छन् । विजेता कञ्चनले २० हजार, द्धितीय होराइजनले १२ हजार र बुटवल र सियारी ७÷७ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ६ टिमले भाग लिएको न्यू होराइजन स्पोर्टस क्लबका अध्यक्ष प्रकाश खनालले जानकारी दिए ।

विजेता टिमलाई नेकपा एमाले सचिव तथा पूर्व मन्त्री छविलाल विश्वकर्माले पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै राज्यले खेल क्षेत्रमा प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले खेल क्षेत्रको विकासको लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

बुटवल उपमहानगरपालिका खेलकूद विकास समितिको आयोजना र न्यू होराइजन स्पोर्टस् क्लब व्यवस्थापनमा प्रतियोगिता गरिएको थियो । कार्यक्रममा न्यू होराइजन स्पोर्टस क्लबका सल्लाहकार बालकृष्ण भण्डारी, खेल संयोजक महेन्द्र सुनार, न्यू होराइजन स्पोर्टस् क्लबका लेखा प्रमुख लिला खनाल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रकाश गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation