वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

कपिलवस्तु शिवराजको बनमा डढेलो नियन्त्रण तालिम

कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा ९ मा रहेको अजम्मरी सामुदायिक बनमा डढेलो नियन्त्रण गर्नको लागि नागरिकहरूलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपाय लगायत आगो नियन्त्रण गर्न आवश्यक सामाग्री समेत सामुदायिक बनलाई हस्तान्तरण गरिएको छ ।

उक्त सामाग्री हस्तान्तरण गर्दै डिभिजन बन कार्यालय गौतमबद्धका प्रमुख दधिलाल कँडेलले बन डढेलोलाई रोक्न स्थानीयहरू जागरूक हुनुपर्ने बताउनुभयो । नेपालमा डढेलोका कारण वर्षेनी क्षति हुने गरेको बताउँदै यसलाई नियन्त्रण गर्न सङ्घ संस्थाले अभ्यास सँगै सामाग्री प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।

डिभिजन अन्तर्गतका विभिन्न निजी,सामुदायिक तथा साझेदारी बनहरूमा गर्मी याममा आगलागीको उच्च जोखिम रहेकोले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । सामान्य लापरवार्हीले सिगै बन नै मासिने भएकोले कसैले लापरबाही गर्न नहुने बताउनुभयो । यो समयमा सुकेका पातहरू झर्ने भएकोले उच्च जोखिम रहने बताउनुभयो ।

बनमा डढेलो नियन्त्रण गर्नको लागि फारलाईन सफा गर्ने,पात पंतिगरहरु जम्मा गरेर जलाउने , मानिसको नियन्त्रणमा राखेर आगोले अनावश्यक वस्तु जलाउनुपर्ने कँडेलले बताउनुभयो । आगो कसरी लाग्न सक्नछ र यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौ,उहाँले भन्नुभयो बन रक्षक तथा स्थानीय उपभोक्ता लागि परेमा न्यूनीकरण हुने आगो कसरी लाग्न सक्नछ र यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौ,उहाँले भन्नुभयो बन रक्षक तथा स्थानीय उपभोक्ता लागि परेमा न्यूनीकरण हुने छ ।

अग्नि प्रतिरोधक जंम सुट,वाटर स्प्रे,हेलमेट,स्वाटर लगायत डेढ लाख बरावरको सामाग्री सामुदायिक बनलाई वितरण गरेको तेस्रो ध्रुव संरक्षणका निर्देशक गंगाराम रेग्मीले बताउनुभयो । बनमा रहेको वन्यजन्तुलाई सबै मिलेर बचाउनुपर्ने भन्दै यी सामाग्री आगो नियन्त्रणमा ल्याउन सहज हुने रेग्मीले बताउनुभयो ।

उक्त सामाग्री बुझ्दै अजम्मरी सामुदायिक बनका अध्यक्ष सुक माया विकले आगो नियन्त्रण गर्ने तालिम पाएकोमा नियन्त्रण गर्न सहज हुने बताउनुभयो । कतिपय समयमा आगो निभाउँदै गर्दा नागरिकहरुनै आगोमा पर्ने तथा जल्ने समस्या रहेकोले अग्नि प्रतिरोधक सामाग्रीहरूले सहजता आउने बताउनुभयो । अग्नि नियन्त्रण अभ्यासलाई सहायक बन अधिकृत संजय मिश्र, गणेश चौधरी र गणेश पुरीले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation