हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

शिवराजकाे गाउँमा डिप बाेरिङ्ग, २५ बिघा सिँचाइ गर्न सकिने

राम अवतार चाैधरी
कपिलवस्तु,

कपिलवस्तुको शिवराज नगरपालिकाकाे वडा नम्बर ३ साेनवर्षीमा डिप बाेरिङ्ग सिँचाई आयाेजना सम्पन्न गरिएको छ । संघीय सरकारको ८० लाख रुपैयाँको लागतमा डिप बाेरिङ्ग सञ्चालन गरिएको जनाइएको छ । शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार केसी, नगर उप-प्रमख शिव कुमारी थारु र वडा अध्यक्ष टेकलाल सापकोटाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सदस्य अर्जुन कुमार केसीले यस सिँचाई याेजनाबाट कृषकलाई सहज हुने बताए । उनले कृषककाे खेत-खेतसम्म पानी पुग्ने भएकाेले बढी लाभ लिन सकिने बताए । कृषि खेती तथा बेमौसमी तरकारी खेती लगायत अन्न उत्पादनमा ठुलाे टेवा पुग्ने बताउँदै कृषिलाई आधुनिकीकरण गरि आत्मनिर्भर हुनुपर्नेमा जाेड दिए ।

यस्तै नगर उप-प्रमुख शिव कुमारी थारुले कृषि क्षेत्रमा नगरपालिकाले फड्काे मारेकाे बताइन् । उनले लिफ्ट सिँचाइ, डिप बाेरिङ्ग, स्यालाे ट्युवेल लगायतका सिँचाइका आयाेजना सञ्चालनमा ल्याएकाे बताइन् । अधिकांश जनता कृषि पेसामा लागेकाले कृषिलाई प्राथमिकता दिनुपर्ने उनले बताइन् ।

यसैबीच वडा अध्यक्ष टेकलाल सापकोटाले तरकारी पकेट क्षेत्र घोषणा भएकोले कृषिलाई पहिलो प्राथमिकता दिइएको बताए । उनले यस सिँचाइ याेजनाले किसानलाई अन्नबाली, तरकारी उत्पादनले आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे । उनले समयमै हरेक किसिमको खेतीपाती गर्न सकिने र उत्पादनमा बृद्धि हुने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation