हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नारी दिवसको अवसरमा विपन्न विद्यार्थीहरुलाई जयन्तीको पढाइ सहयोग

जाजरकोट । अमेरीकामा वस्दै आएकी युवा समाजसेवी जयन्ती थापाले नारी दिवसका अवसरमा जाजरकोटका १० विपन्न विद्यार्थीहरुलाइ पढाइ सहयोगका लागि सामाग्रीहरु दिएकी छिन् ।

स्थानीय जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटका सन्चालक एवम नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीको समन्वयमा समाजसेवी थापाले त्रिभुवन माध्यमिक विद्यालय खलंगाको कक्षा ११ र १२ मा पढ्ने विपन्न समुदायका १० जना विद्यार्थीहरुलाइ उक्त पढाइ सहयोग दिएकी हुन् ।

अन्तर्राष्टिय श्रमिक महिला दिवसका अवसरमा समाजसेवी थापाले दिएको सहयोग त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तवहादुर मल्लले ती विद्यार्थीहरुलाइ हस्तान्तरण गरे । विद्यालयमा आयोजित विशेष कार्यक्रमका विच सो विद्यालयको कक्षा ११का सुप्रभा शाह, सर्मिला रोकाय, हेमराज वस्नेत, रमित भन्डारी र गीता वोहोरा तथा कक्षा १२ का डिलसरी घर्ती, मीना विक, शान्तवहादुर कामी, रोशनी वुढा, रगवीर पुनलाइ प्रधानाध्यापक मल्लले कापी, कलम र अन्य शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरे ।

यस अघिका वर्षहरुमा पनि समाजसेवी थापाले नारी दिवसका अवसरमा सो विद्यालयका विपन्न विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्री दिने गरेकी थिइन् । विपन्न विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्री वितरण गर्दै प्रधानाध्यापक मल्लले विदेशी भुमिमा रहेर पनि नेपाली जाति र माटोप्रति देखाउने माया सवैका लागि अनुकरणीय रहेको वताए । उनले जाजरकोटका विपन्न विद्यार्थीहरुका लागि जयन्तीले गरेको सहयोग निकै महत्वपुर्ण रहेको र यसलाइ विद्यार्थीहरुले पनि सदुपयोग गर्नु पर्ने वताए । यस्तै पढाइ सहयोग सामाग्री पाएकी कक्षा ११ की सर्मिला रोकायले सात समुद्र पारीवाट पनि जाजरकोटका विपन्न विद्यार्थीहरुको लागि पढाइमा सहयोग गर्ने जयन्ती थापा आफुहरुका लागि प्रेरणाको श्रोत भएको वताइन् ।

उनले आफु पनि भोलिका दिनमा जयन्ती जस्तै मनकारी समाजसेवी हुन चाहेको वताइन् । यस्तै अर्का विद्यार्थी रमित भन्डारीले जयन्तीको सहयोगले आफ्नो पढाइमा ठुलो राहत मिल्ने वताए । दुख र आपतमा परेकाहरुलाइ सहयोग गर्दा आफुलाइ निकै सन्तुष्टि मिल्ने गरेको समाजसेवी जयन्तीले वताए ।

आफु अमेरीकामा भएपनि हरपल नेपालकै माया लाग्ने गरेका कारण दुखी गरिव र पिडामा रहेका नेपालीहरुलाइ साथ दिन मन लागिरहन्छ जयन्तीले भनिन् ।

समाजसेवी जयन्तीले यस अघि जाजरकोटकै ४ जना साहारविहिन वालवालिकाहरुको पढाइको जिम्मा लिएकी छिन् भने विभिन्न समयमा विपन्न वालवालिका, युवा र अन्य जनतालाइ व्यक्तिगत सहयोगमा विभिन्न खाले सहयोगहरु गर्र्दै आएकी छिन् ।

दैलेखमा जन्मिएर सुर्खेतमा हुर्किएकी जयन्तीले पस्चिम रुकुमको राडीवजारमा विहे गरेकी छिन् भने अहिले केहि वर्ष देखि अमेरीकामा वस्दै आएकी छिन् । आफनो व्यक्तिगत खर्चमा जयन्तीले कर्णालीका दुइ दर्जन वढी सहाराविहिन वाललाकिाहरुलाइ पढाउने जिम्मेवारी समेत लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation