लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

बालबालिका माथि हुने हिंसा विरुद्ध जनचेतनामुलक अन्तरक्रिया

राम अवतार चाैधरी
कपिलवस्तु, राष्टिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुले बालबालिका माथि हुने हिंसा विरुद्ध जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाकाे शिवराज नगरपालिका ५ चन्द्राैटामा बालबालिका माथि हुने सबै प्रकारका हिंसा लगायत बालविवाह, बहुविवाह र महिला हिंसा न्यूनीकरणको लागि जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयाेजकले जनाएकाे छ । 

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष बिष्णु प्रसाद खतिवडाले शिवराज नगरपालिका भित्रका सबै वडाहरुमा हिंसा न्यूनीकरणको लागि विभिन्न अभियान चलाउदैँ आएकाे जनाए । यसै क्रममा शुक्रबार व्यापार संघ कपिलवस्तुको हलमा पनि बालक्लब, किशोरकिशोरी, धर्मगुरु तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमलाई समापन गरिएको उनले बताए । अध्यक्ष खतिवडाले नगरका प्रत्येक वडामा सबै हिंसा विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएकाे बताए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै मानव अधिकार प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भवानी प्रसाद खरेलले समाजमा शान्ति र सद्भाव कायम नभएसम्म मुलुकको विकास सम्भव नभएको बताए । बाललबालिका र महिला माथि हुने हिंसा विरुद्ध सरकारले प्रभावकारी अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको उनकाे भनाइ छ । हिंसाजन्य क्रियाकलाप गर्नेलाई कानुनी दायरा ल्याई कारवाही गर्नुपर्नेमा अध्यक्ष खरेलले जाेड दिए ।

यसैबीच प्रदेश सदस्य अर्जुन कुमार केसीले सबै किसिमका हिंसालाई नियन्त्रण गर्न समाज शिक्षित हुन जरुरी रहेकाे बताउँदै बालबालिकालाई शिक्षा दिनुपर्ने बताए । उनले यसकाे नियम, कानुन र भविष्यमा पर्ने असरबारे बुझाउन नितान्त आवश्यक रहेकाे जिकिरसमेत गरे । सभ्य समाज निर्माणका लागि विभिन्न हिंसा विरुद्ध सबैले लाग्नुपर्नेमा जाेड दिए ।

यस्तै नगर उप-प्रमुख शिव कुमारी थारुले बालबालिका लगायत सबै प्रकारका हिंसालाई न्यूनीकरणका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएकाे बताइन् । उनले लागूऔषध र दुर्व्यवहार राेकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाे जिकिर गरिन् ।

सम्बन्धी उमेर नपुग्दै हुने बिबाह सबै भन्दा चुनाैतीपूर्ण समस्याकाे रुपमा रहेकाे बताउँदै त्यसतर्फ अभिभावकलाई विशेष ध्यान पुर्‍याउनका लागि उनले अनुराेधसमेत गरिन् ।

कार्यक्रमलाई राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि दिपक ठाकुर र कृष्ण आचार्य, प्रतिष्ठानका दाङका सभापति विनोद कुमार श्रेष्ठ, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगायतले सम्बाेधन गरेका थिए ।

साथै अन्तरक्रियापछि भएको भेलाले मानव अधिकार प्रतिष्ठान लुम्बिनी प्रदेश गठन गरेको छ । उक्त भेलाले भुमिराज भट्टराईको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation