हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

दुर्गा मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा

राम अवतार चाैधरी
कपिलवस्तु,

कपिलवस्तुकाे शिवराज नगरपालिकाकाे वडा नम्बर ३ देउराली टाेलमा दुर्गा मन्दिरकाे समुद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम गरिएको आयाेजकले जनाएको छ ।

शनिबार एक कार्यक्रमकाबीच शिवराज नगर उप-प्रमुख शिव कुमारी थारुद्वारा दुर्गा मन्दिरकाे उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा गरिएको देउराली टाेल सुधार तथा विकास समितिका अध्यक्ष प्रदीप ठकुरीले जानकारी दिए । उनले विभिन्न माध्यमले तनमन, धन, श्रम र आर्थिक रुपमा मन्दिर निर्माणका सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए । उनले समितिले देउसी- भैलाे खेलेर संकलन गरिएको रकम र सदस्यहरु लगायतकाे सहयोगमा मन्दिर निर्माण कार्यमा ठुलाे टेवा पुगेकाे बताए । 

कार्यक्रमलाई सम्बाेधन गर्दै नगर उप-प्रमुख शिव कुमारी थारुले धर्म संस्कृतिले सामाजिक मेलमिलाप र सद्भाव कायम गरेकाे बताइन् । उनले सबै धर्म, संस्कृति, जातजाति, भाषाभाषीहरुकाे नेपाल एउटा साझा फूलबारी भएकाे बताइन् । यसले सबैलाई एउटा सुमार्गमा हिड्न प्रेरित गरेकाे बताउँदै आफ्ना धर्म संस्कृतिलाई संरक्षण गर्नु सबैकाे दायित्व भएकाे उनले बताइन् । उनले धर्मले सधैँ सत्यकाे मार्ग देखाउने हुँदा त्यसलाई पनि अनुसरण गर्दै अगाडी बढ्नुपर्ने बताइन् ।

यसैबीच वडा अध्यक्ष टेकलाल सापकोटाले देउराली टाेल सुधार तथा विकास समितिले दुर्गा मन्दिरकाे स्थापना गरेर सराहनीय कार्य गरेकाे बताए । उनले यस मन्दिरलाई पर्यटकीय क्षेत्रकाे रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै संरक्षण गर्नुपर्नेमा जाेड दिए । यसले सामाजिक विकासका क्रियाकलापमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । 

यस्तै नेपाली काँग्रेसका युवा नेता अजय थापाले मठ मन्दिरलाई संरक्षण गर्दै जानुपर्ने बताउँदै सामाजिक विकासका लागि पर्यटकीय क्षेत्रकाे रुपमा लाग्नुपर्ने बताए । उनले आफ्ना बालबालिकालाई धर्म, संस्कृतिकाे महत्वकाे बारेमा बुझाउन आवश्यक रहेकाे बताए ।

कार्यक्रमलाई समाजसेवी बलराम मरासिनी, केयर सिंह अदै, समयथान माविका प्रधानाध्यापक गिरी प्रसाद गैरे, नारायण पंगेनी लगायतले सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation