हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पाकिस्तानी प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै खान पदमुक्त

काठमाडौँ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त भएका छन् । आइतबार मध्यराति पाकिस्तानको संसद्‌ ९राष्ट्रिय सभा०मा भएको मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावको पक्षमा खसेपछि अविश्वासको प्रस्ताव पारित भएको हो ।

अविश्वासको प्रस्ताव पारित भएसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । अविश्वास प्रस्ताव पारित भएसँगै पाकिस्तान मुस्लिम लिग नवाज ९पीएमएलएन०का अध्यक्ष शाहबाज सरिफले पाकिस्तानले पुनः संविधान र कानुनलाई स्थापित गर्न चाहेको बताएका छन् । त्यस्तै पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० का अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिन महत्त्व भएको बताएका छन् ।

पाकिस्तानको इतिहासमै पहिलोपटक प्रधानमन्त्री खान अविश्वासको प्रस्ताव पारित भएर पदमुक्त भएका हुन् । यसअघि सन् २००६ मा सौकात अजिज र १९८९ मा बेनेजर भुट्टोले प्रस्तावको सामना गरेका थिए । उनीहरूविरुद्ध परेको अविश्वासको प्रस्तावको विपक्षमा बढी मत खसेपछि दुवैको पद बँचेको थियो ।

विपक्षी गठबन्धनले प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा कुल १७५ सांसद रहेको बताउँदै आएका थिए । निवर्तमान सभामुख असद काइसरले सभामुख पदबाट राजीनामा दिएपछि आइतबार पीएमएल(एन पार्टीका अयाज सदिकले सदन सञ्चालन गरेपछि उनले मतदान गर्न नपाएको पाकिस्तानी समाचार संस्था डनले उल्लेख गरेको छ ।

अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै सदिकले आइतबार दिउँसो २ बजे नयाँ प्रधानमन्त्रीको नाम पेश हुन सक्ने बताए । प्रधानमन्त्री खान पदमुक्त भएसँगै अबको पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सेहबाज सरिफलाई अघि सारिने पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् २०१८ को अगस्टमा प्रधानमन्त्री बनेका खानलाई सत्तामा रहिरहन संसद्का ३४२ मध्ये १७२ सांसदको मत आवश्यक थियो । तर यसअघि सरकारलाई साथ दिएको मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान ९एमक्यूएम–पी० विपक्षी गठबन्धनमा आबद्ध भएपछि खान नेतृत्वको सरकारको पक्षमा १६४ सदस्य मात्र थिए ।

विपक्षीहरू दलहरूले आफूलाई सत्ताबाट हटाउने तयारी थालेपछि प्रधानमन्त्री खानले राष्ट्रपति खानले संसद विघटनका लागि राष्ट्रपति आरिफ अल्भीलाई सुझाव दिएका थिए । त्यसलाई सदर गर्दै राष्ट्रपतिको सचिवालयले ‘राष्ट्रिय सभा विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको सुझाव राष्ट्रपतिले संविधानअनुसार अनुमोदन गरेको,’ जनाएको थियो ।

संसद विघटनपछि पाकिस्तानी सर्वोच्च अदालतले अदालतले पाकिस्तानी संसद् ९राष्ट्रिय सभा० पुनस्स्थापना गर्दै बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation