हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नासुले ३४ लाख राजस्व गायब बनाए

सिरहा ।
सिरहाको एक गाउँपालिकाको ३४ लाखभन्दा बढी राजस्व रकम गायब भएको छ। सिरहाको विष्णुपुर गाउँपालिकाको राजस्व शाखामा कार्यरत नायब सुब्बा महेन्द्रप्रसाद यादवले गत आर्थिक वर्ष ०७७र७८ मा सङ्कलन भएको ५५ लाख २७ हजार ७७ रुपियाँमध्ये ३४ लाख २३ हजार ७९० रुपियाँ बैङ्क दाखिला नगरी गायब पारेको आरोप छ।

यादवले उक्त रकम बैङ्क दाखिला नगरेको कुरा महालेखा परीक्षणको प्रतिवेदनबाट खुलेपछि गाउँपालिकाले रकम दाखिला गर्न पटकपटक मौखिक ताकेता गरेको थियो। तर, मौखिक ताकेताबाट पनि नासु यादवले रकम दाखिला गर्न आलटाल गरेपछि प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले गत चैत १५ गते तत्काल रकम जम्मा गर्न निर्देशनसहितको पत्र नै नासु यादवलाई जिम्मा लगाए।

‘नासु यादवले रकम दाखिला नगरी गायब गरेको कुरा आफूले थाहा पाउने बित्तिकै जम्मा गर्न निर्देशन दिएको हुँ। तर, उहाँले आलटाल गरेपछि मैले उहाँको नाममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम २५ प्रतिशत जरिवानासहित रकम बुझाउन पत्र काटेको छु’, अधिकृत यादवले भने, ‘अब उहाँले जरिवानासहित गाउँपालिकालाई ४२ लाख ७९ हजार ३३७ रुपियाँ बैङ्क दाखिला गर्नुपर्नेछ।’

वर्तमान प्रशासकीय प्रमुख दीपकुमार यादवले रकम दाखिला गर्न नासु यादवलाई पत्राचार गरेपछि मात्रै यो विषयले चर्चा पाएको हो।

नासु यादवले आफूसँग गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले रकम मागेपछि ‘पछि मिलाउने गरी’ उक्त रकम अध्यक्ष यादवलाई दिएको बताउदै आएका छन्। ‘मैलै त्यसरी गर्नु हुँदैन थियो। तर, अध्यक्षले काम छ, पछि मिलाउँला भनेर दबाब दिएपछि मैले उहाँलाई रकम दिए। तर, अहिले म फसे’, आरोपित नासु यादवले भने।

विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले उक्त रकम तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र महत र नासु यादवले एकापसको मिलोमतोमा गायब गरी अहिले आफूलाई फसाउन आरोप लगाएको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation