लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

रामनवमी : राम र अयोध्याबारे केपी ओलीको अभिव्यक्तिको पुनः स्मरण

संस्कृत व्याकरण अनुसार ‘राम’ शब्दको व्युत्पत्ति गर्दा रमते रमाउने इति रामः अर्थात् खुसी हुन्छन् जो, खुसी मिल्छ जहाँ, जुन कुराले खुसी दिन्छ त्यो नै राम हो । रमन्ते योगिनः यस्मिन् रामस् अर्थात् योगीहरू खुसी हुन्छन् यिनमा, जोसँग योगीहरू खुसी हुन्छन् ती नै राम हुन् । राम शब्दको यस्ता अर्थ लगाइने गरेको पाइन्छ ।

‘हिन्दु’का नामले चिनिने सनातन धर्मावलम्बीहरूका लागि ‘राम’ आस्था र विश्वासको केन्द्र हुन् । साहित्यिक हिसाबले हेर्दा ‘राम’ रामायण महाकाव्यका नायक हुन् । यी दुवैको विवेचना गर्दा ‘राम’ जुनसुकै देश, काल, परिस्थितिमा प्रेरणा लिन सकिने चिरप्रभाव भएका, उत्प्रेरक व्यक्तित्व हुन् । उनले आफ्नो जीवनमा आर्जित गरेका ख्यातिका कारण उनी सामान्य मानवभन्दा उच्च आदर्श व्यक्तित्व हुन् । त्यसैले उनलाई मर्यादा पुरुषोत्तम, भगवान भनिएको हो । नेपाली भाषामा रंगरमाइलो हुने ठाउँ वा आयोजनलाई राम भन्ने गरेको पाइन्छ ।

रामसँग योगीको कुरा जोडिँदा कसै कसैले फरक ढंगले बुझ्ने पनि गर्दछन् र योगी भनेको चलन चल्तीमा भनिने जोगीहरूलाई बुझ्दा रहेछन् । यी योगी वा जोगीलाई मात्र योगी भनिएको होइन । यसरी हेर्दा अर्थको अनर्थ लाग्छ । योगी भनेका ती हुन्– जसले आफ्ना काम दत्तचित्त भएर गर्दछन्, योगी ती हुन्– जसले योगदान गर्दछन्, योगी ती हुन्– जसले समाजलाई जोड्दछन् । यसरी विश्लेषण गर्दा मात्र योगीको सही अर्थ लाग्दछ ।

असार २९, २०७७ नेपाली भाषाका आदिकवि, नेपाली भाषामा रामायणका रचयिता भानुभक्तको २०५ औँ जयन्तीका दिन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट व्यक्त विचारले निकै ठूलो तरङ्ग सिर्जना गरेको थियो । हिन्दुहरूका आराध्य मर्यादा पुरुषोत्तम भगवान रामको जन्मभूमि नेपालकै चितवनको अयोध्यापुरीमा भएको मन्तव्यबाट सिर्जित तरङ्ग संसारभरि विस्तार भयो । यसबाट धेरै नेपालीहरू खुसी देखिए । केही नेपालीहरू आश्चर्यमा परे । केही मानिसहरू अलमलमा पनि देखिए । केही मानिसहरू भने भारतको अयोध्या नै राम जन्मेको राम जन्मेको वास्तविक अयोध्या हो भन्ने देखिए । जसरी समाजमा ‘भगवान’ को हुन्, के हुन् भन्ने विषयमा चर्चा चल्दछ, त्यसै गरी चितवनको अयोध्याको विषयमा पनि चर्चा चल्यो ।

वास्तविक अयोध्या र राम जन्मभूमि नेपालको चितवन जिल्लामा रहेको अयोध्यापुरी हो वा भारत, उत्तर प्रदेशको फैजाबादको अयोध्यामा हो भन्ने विषयमा वहस हुँदै रहला, अध्ययन अघि बढ्ला, खोज हुँदै गर्ला र तथ्य प्रमाणले जे भन्ला, त्यही स्वीकार गरिने छ । तर, अहिले यति मात्र बुझौँ, अयोध्या यहाँ पनि छ, राम मन्दिर यहाँ बन्नु र नेपालका रामभक्तहरूले यहीँ राम मन्दिर स्थापित बनाएर यसैमा प्रतिष्ठित रामको पूजा गर्नु वहस र विवादको विषय हुनुहुँदैन, हुनु पर्दैन ।

राम र अयोध्याको चर्चा अघि बढाउनै पर्दा केही विषय अघि सार्न सकिन्छ । अयोध्याको विषयमा वाल्मीकि रामायणमा लेखिएका यी पंक्तिबाट सुरु गर्न सकिन्छ ।

कोशलो नाम मुदितः स्फीतो जनपदो महान् । निविष्टः सरयूतीरे प्रभूतधनधान्यवान् ।
​​​​​​​अयोध्या नाम नगरी तत्रासील्लोकविश्रुता । मनुना मानवेन्द्रेण या पुरी निर्मिता स्वयम् ।

अर्थात्, सरयू नदीको तिरमा कोशल नामले प्रसिद्ध एउटा ठूलो जनपद छ । त्यो धनधान्यले सम्पन्न, सुखी र निकै समृद्ध छ । त्यसै जनपदमा विश्वप्रसिद्ध अयोध्या नाम गरेको नगर छ । यसलाई स्वयं महाराजा मनुले निर्माण गरी स्थापित गरेका थिए । ९वाल्मीकि रामायण०

यी श्लोकहरूबाट निर्दिष्ट, रामको जन्मभूमि नेपालको चितवन जिल्लाको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी हो । यसको पुष्ट्याइँका आधार बाहिर खोज्न पर्दैन, रामायणमा नै पाइन्छ । यसको नजिकै रहेको नदी, यसका नजिकै रामसँग सम्बन्धित ठाउँहरू, सुगमता र समृद्धिको आधार भएको भूमि, अन्य भौगोलिक पक्षहरू, यस निकटका केही संरचनाहरू, वाल्मीकि आश्रमको निकटता आदिले यो स्थल राम जन्मभूमि मान्न सकिने आधार प्रदान गर्दछन् । यस विषयमा थप अध्ययन–अन्वेषण गरी वास्तविकता बाहिर ल्याउन भने आवश्यक छ ।

योद्धुमशक्या अयोध्या, अर्थात् जससँग युद्ध गर्न सकिन्न । दुर्गगम्भीरपरिखां दुर्गामन्यैर्दुरासदाम्, अर्थात् त्यसको चारैतिर गहिरो खाडल खनेर त्यसलाई नाघ्न र नगरमा प्रवेश गर्न कठिन थियो । ९वाल्मीकि रामायण० यहाँको भूबनोट हेर्दा यस्तो हुन सक्ने नै बुझिन्छ । तथ्य, विश्वास र विवेचना नै सत्य पत्ता लगाउने र निष्कर्षमा पुग्ने उपाय हो । यहाँका मानिसहरू रामभक्त हुनु, रामायणमा वर्णन गरिएजस्तो भूबनोट हुनु, यसका नजिकमा रामसँग सम्बन्धित स्थलहरू हुनु र माथि उल्लेख गरिएका अन्य विषयले राम जन्मभूमि भएको मान्न सकिन्छ ।

अब अध्ययनको कुरा गरौँ । यसको पहिलो विषय रामायण हो । रामस्य चरित्रयुक्तं शास्त्रं रामायणम्, रामको चरित्र चित्रण भएको शास्त्र रामायण हो । रामायणलाई आधार मानेर हेर्दा माथि उल्लेख गरिएका पक्षहरू देखा पर्दछन् । रामायणलाई साहित्य मान्ने, महाकाव्य मान्ने हो भने हो भने भौतिक उत्खननको अर्थ हुँदैन । काव्यसिद्धान्तका हिसाबले हेर्दा रामायण एउटा उच्च स्तरको महाकाव्य हो ।

रामायणलाई व्यासरचित पुराण १८ भित्रको नपरे पनि सो सरहको शास्त्र मानिएको छ । शास्त्र भनेको शास्ते इति शास्त्र अर्थात् आज्ञा वा शिक्षा दिन्छ जसले त्यो नै शास्त्र हो । यसरी हेर्दा रामायण शास्त्र हो । यो आदिकवि महर्षि वाल्मीकिद्वारा रचित आदिकाव्यरआदिमहाकाव्य हो । काव्यको व्युत्पत्ति कवितुं योग्यःरकवेर्भावः, कवेर्कर्म इति काव्य अर्थात्, वर्णनीय, वर्णन गर्न योग्य, कविको भाव, कविको कर्म नै काव्य हो । काव्यं स्फुटदलङ्कारं गुणवद्दोषवर्जितम् । अलंकार भएको, गुणसहितको र दोषबाट मुक्त रहेको वाक्यलाई नै काव्य भनिएको छ । ९अग्निपुराण, ३३७ औँ अध्याय, श्लोक ७०

सर्गबन्धो महाकाव्यमारब्धं संस्कृतेन यत् । तादात्म्यमजहत्तत्र तत्समं नातिदुष्यति । इतिहासकथोद्भूतमितरद्वा सदाश्रयम् । सर्गहरू ९अध्याय, काण्ड आदि० विभाजन भएको, संस्कृत वा परिष्कृत भाषामा लेखिएको नै महाकाव्य भनिएको छ । महाकाव्यको स्वरूपलाई नत्यागीकनै त्यस्तै अर्कै कुनै रचना गरियो भने पनि त्यसलाई दोषि मान्नु हुँदैन । अग्निपुराण, ९३३७ औँ अध्याय, श्लोक २४,२५०

यसरी हेर्दा रामायण काव्यिक रीत पुगेको मर्यादा पुरुषोत्तम भगवान राम नायक रहेको महाकाव्य हो । यो विचार गर्दा रामकै जीवनकालमा लेखिएको मानिएको वाल्मीकि रामायणको काल ठम्याउन ध्यान दिनुपर्ने देखिन्छ ।

हिन्दू धर्मप्रतिको आस्था र विश्वासका दृष्टिले भगवान् विष्णुको रामावतार त्रेतायुगमा भएको हो । शास्त्रीय मान्यता अनुसार सत्ययुग १७२८००० वर्षको, त्रेतायुग १२,९६,००० वर्ष, द्वापरयुग ८,६४,००० वर्षको हुन्छ । वर्तमान कलियुग हो । कलिको वर्ष ५०८५ औँ चलिरहेको छ, अर्थात् कलियुग सुरु भएको ५०८५ वर्ष भएको छ । यस हिसाबले रामको समय आजभन्दा ८,८०,१०० पहिले हो । उपस्थित विषयमा आस्था–विश्वास, तथ्य, तर्क र विवेकका आधारमा विवेचना गरौँ ।

कसैले कुनै कुरा उठाएपछि त्यसप्रति विरोधमा मोर्चा कस्नुपर्ने, ‘होइन’ भन्ने प्रमाणित गर्न कम्मर कसेर लाग्नुभन्दा ‘के रहेछ त रु’ भनेर सोच्नु सकारात्मक सोच हो । यो ‘हुने’ कुराले समाजलाई, त्यहाँको समुदायलाई, राष्ट्र र यहाँ प्रचलित धर्म, संस्कृतिलाई हानि गर्दैन भने ‘होइन’मा मोर्चा कस्नेहरू नकारात्मक हुन् र उनीहरूलाई ‘कठै बिचरा १’ भन्नुबाहेक अहिले केही भन्न सकिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अयोध्यापुरी रहेको मन्तव्यका विषयमा भइरहेको खिसीटिउरीका अभियन्ताहरूलाई पनि अहिले धेरै केही नभनौँ ।

चिन्तनसँग नजोडिएका घटनाले समाजको प्रभाव र महत्व ‘घटाउने’ मात्र हो । दृष्टिकोणसँग नजोडिएका विचारले मानिसलाई क्षणिक रमाइलो मात्र दिने हो । चिन्तन र दृष्टिकोणसँग जोडिएर आउने विचारले सामाजलाई तरङ्गित र उत्प्रेरित गर्न सक्दछ । यस कोणबाट विचार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्यापुरी नेपाल, चितवनकै अयोध्यापुरी भएको भाषण मात्र गरेर दिन बिताएको देखिँदैन । यो त वहाँले अघि बढाएका काम र ब्यूँझाएका सपना मध्येको एउटा हो ।

भारतबाट अतिक्रमित भूमि समेटिएको नक्सा सच्याएर नेपालले पुराना गल्ती सच्याइएको छ । कहिलेकाहीँ कतिपय सन्दर्भमा भूगोलसँगै इतिहास पनि सच्याउन पर्ने हुन्छ । अयोध्यापुरीका विषयमा पनि यसरी लिन सकिन्छ । छिमेकीहरूसँग सीमा विवाद हुन सक्दछन्, सीमा विवाद हुने भनेकै छिमेकीहरूसँग हो । गल्ती जोसुकैबाट भएको हुन सक्दछ । ठूलो कुरा गल्ती थाहा पाउनु र त्यसलाई सच्याउनु हो । पुराना गल्तीहरू पत्तो लगाउनु, तिनीहरूलाई सच्याउनु, गल्ती दोहोरिन नदिनु त छँदैछ, इतिहासको गर्भमा रहेका अनेकौँ विषयको खोज पनि नयाँ ढंगले गदै जानु आवश्यक हुन्छ ।

खोज र आविष्कार फरक कुरा हुन् । आविष्कारले नयाँ बनाउँछ, खोजले पुरानो पत्तो लगाउँछ । आविष्कार र खोज निरन्तर जारी रहने विषय हुन् । जसका खासै इतिहास छैनन्, तिनीहरू इतिहासको खोजीमा कम र आविष्कारमा बढी लागेका हुनन् । गौरवशाली इतिहास भएकाहरू, इतिहास र संस्कृतिप्रति विश्वास राख्नेहरू इतिहास खोज्छन् । आखिर, जे छ त्यही पाइने हो ।

हाम्रो नेपाल भूमिमा अनेकौँ धर्म, संस्कृति, परम्परा छन् । धर्म, संस्कृति र परम्पराका आधार छन् । यहाँका हिमालय ऋषिमुनिका तपस्थल हुन् । यहाँका गुफाकन्दरा र वन देवीदेवताका क्रीडास्थल हुन् । यहाँका नदी मानव सभ्यताका आधार हुन्, तीर्थ र धाम हुन् । यसरी हाम्रो भूमि धर्म, अध्यात्म, संस्कृति, सभ्यता, तीर्थ, धाम रहेको भूमि हो । वेद, उपनिषद्, पुराणहरू यही भूमिमा रचित हुन् । यिनका रचयिता हाम्रा पुर्खा थिए । ती पुर्खा–पूर्वजमध्ये व्यास, वाल्मीकि, वशिष्ठ, याज्ञवल्क्य, सीता, मैत्रेयी, गार्गी, गण्डर्षि आदि अनेकौँ छन् ।

महादेव, गणेश, कुमार कार्तिकेय, देवी पार्वती, गुह्येश्वरी, वाराही, अन्नपूर्णा आदि अनेकौँ महामाताहरूको स्थल यही नेपाल भूमि रहेका अनेकौँ प्रमाणहरू छन् । यहाँ लेखिएका त केही प्रतिनिधि पहिचान मात्र हुन् । शान्तिका अग्रदूत भगवान गौतम बुद्धका विषयमा लेखिरहनु पर्ने नै छैन । वहाँका वंशका, वहाँका अनुयायी, वहाँका देशना स्थलका बारेमा को नै अनभिज्ञ छ र रु

यी सबै देवीदेवता, ऋषिमहर्षि, यहाँका पवित्र स्थलहरू विगतमा ओझेलमा रहे । साधक तथा अन्वेषक विद्वानहरूको लगनशीलता र छटपटिका बावजुद यस तर्फको खोज–क्रियाशीलता कमजोर रह्यो । हिन्दू राजा र राज्यले पनि भएका स्थलहरूमा आजा–पूजा गर्ने, स्याहार–सम्भारमा योगदान गर्ने गरेका भए तापनि खोज–अनुसन्धान, अन्वेषण गरेर यी प्राचीन, प्रागैतिहासिक, ऐतिहासिक स्थान र पहिचानको विस्तार गर्न सकेको देखिएन ।

कुन्नि कतातिरका राजा भगिरथले ‘स्वर्ग’बाट गङ्गा ल्याउँदा हाम्रो यहीँका शङ्करको जटामा फन्फनी घुमाएर केही समय अड्याएपछि गङ्गालाई पृथ्वीमा अवतरण गराएको कथा प्रसिद्ध छ, तर हामी गङ्गाका हकदार बन्न सकेनछौँ, चुकेछौँ । यस्तो किन भएको होला रु हिमालयको नजिकैका जटाधारी शङ्करको जटाबाट निस्कने गङ्गा र गङ्गासँग जोडिएर प्रमाणसमेत अन्तै देखाएर हामी यहाँ ‘हर हर गङ्गे’ भनिरहेका छौँ ।

शालग्राम शिला पाइने एक मात्र नदी गण्डकीको अवतरणसँग ऋषि ‘गण्डर्षि’को प्रसङ्ग जोडिएर आउँछ । यसबाट हाम्रो गण्डकी सभ्यताको विकास भएको छ । गण्डकीबाट नानाथरि लाभ पनि लिइरहेका छौँ, तर पनि गण्डर्षिका विषयमा बेखबर छौँ १ यस्ता अनेकौँ विषय उठान, अध्ययन र अन्वेषण गर्ने काम बाँकी नै छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आपूm प्रधानमन्त्री रहेकै बेला आदिकवि भानुभक्तको जयन्तिका अवसरमा भानुभक्त, रामायण र रामका विषयमा बोल्दै गर्दा राम जन्मभूमि अयोध्याको विषयमा चर्चा गर्नुभयो । अयोध्यापुरी नेपालकै चितवनमा रहेको मन्तव्य व्यक्त गर्नुभयो ।

शासकीय तहको यति उच्च व्यक्तित्वले राम, रामायण र रामायणका रचनाकार नेपाली नै भएको दाबी गरिएको यो पहिलो पल्ट हो । यसले हाम्रो नेपाल भूमिको गरिमा बढेको छ । यस विषयमा केन्द्रित रहेर गहनतम खोज–अध्ययन हुनुपर्ने विषय उपस्थित भएको छ । यो हामी नेपालीहरूले गर्व गर्नुपर्ने र थप दायित्वबोध गर्नुपर्ने विषय हो ।

तर, आश्चर्य छ आफ्नो आस्थाका रामका बारेमा, पृथ्वीको अष्ट बैकुण्ठ मध्येको एउटा बैकुण्ठ मानिएको एउटा पवित्र धाम नेपाली भूमिमै रहेकोमा खुसी हुनुपर्नेमा केही मानिसहरूले ‘हो त नि, हो र रु’ सम्म पनि नभनेर प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा वाणी–वाण वर्षाउन सुरु गरे । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कसैले यसलाई ‘कोरोना र नयाँ नक्सा जारी भएको विषयसँग जोडी यी विषय नटुंगिएसम्म अरु कुरा गर्न नहुने भन्दैछन् ।

यस्तो बेलामा यसो भन्न नहुने, यसमा टिक्न सक्छन् रु दुई वर्षअघि भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदा किन यसो भनेनन् रु प्रधानमन्त्री बोल्दा यस्तो हलुका हुने कुरा नगर्नु पर्ने, बोलेर मात्र हुन्छ रु खोई बजेट रु भगवान रामको खिल्ली उडाइयो।।।।’ आदि इत्यादि प्रतिक्रियारूपी वाणी–वाण वर्षिरहेका छन् ।

अयोध्यापुरीको कुरा गर्दा केपी शर्मा ओलीले प्रधानमन्त्रीका हैसियतले उर्दी जारी गरेको होइन, नेपाल सरकारको निर्णय सुनाइएको पनि होइन । वहाँले फैजावादको अयोध्या नेपाली भूभागमा परेकाले फिर्ता देऊ भनेको पनि होइन । प्रधानमन्त्री देशका अभिभावक हुन्, यस राष्ट्रका कार्यकारी प्रमुख हुन् ।

उनी कुनै पनि विषयका औपचारिक विज्ञ नहुन सक्दछन्, तर राजनीतिक नेता हुन् र यस हैसियतले सबै विषयमा सामान्य ज्ञान राख्दछन् र राख्नु पनि पर्दछ । औपचारिक प्रमाणपत्र नै विज्ञता र आधिकारिकताको एक मात्र मापदण्ड हुने हो भने प्रधानमन्त्री हुन पनि राजनीतिक शास्त्रमा औपचारिक शैक्षिक विषय र योग्यता हुनुपर्ने माग गरिएला । कृषिका विषयमा किसानले बोल्न नहुने, शैक्षिक डिग्रीधारी विज्ञले मात्र बोल्नुपर्ने होला ।

केपी ओलीमा दर्शन, साहित्य, संस्कृति, संगीत, इतिहासका विषयमा जिज्ञासु र सामान्य ज्ञान भएको देखिन्छ । हाम्रा प्राचीन प्रवन्धहरूसँग वर्तमान समाजलाई जोड्न पनि केपी ओलीको यो अभिव्यक्ति प्रशंसनीय मान्नुपर्छ । साथै, प्राचीन विषयका खोज–अन्वेषणकर्ताहरूका लागि यो उत्प्रेरक पनि छ । बिडम्बडा, प्रधानमन्त्रीको विचारको खण्डन गर्न अध्ययन नभए पनि हुने, विज्ञता नचाहिने, वहाँले भनेको विषयमा सकारात्मक हुन प्रमाण र पुष्ट्याइँको माग गरिँदै छ ।

आफ्नो देशभित्रको कुनै भूभागको बारेमा कसैले बोल्न नहुने हो र रु प्रधानमन्त्रीको आफ्नो विचार हुँदैन र रु प्रधानमन्त्रीको अभिव्यक्तिले रामका आस्थावानहरुलाई केही अप्ठ्यारो पर्छ र रु नेपाली भूमिमा जन्मेको पुष्टि हुँदा रामको देवत्व कमजोर हुन्छ रु कि, उनी मर्यादा पुरुषोत्तम रहँदैनन् रु यो राम प्रतिको श्रद्धाभक्तिमा प्रहार होइन र हुन सक्दैन ।

दुई वर्षअघि जे बोलियो, नयाँ जानकारी पाउँदा पनि त्यही बोलिरहन पर्ने हो रु नयाँ अध्ययन, चिन्तन–मननबाट नयाँ विचार, नयाँ स्थितिबोध गर्न नपाइने हो र रु कुनै ठाउँको नामका पछाडि केही आधार हुन्छ र त्यो इतिहासको विषय हुन सक्दछ । धेरै नयाँ कुरा विगतकै गर्भबाट जन्मिन सक्छन् ।

मन परे वा मन परेको बोले सही, नत्र गलत हुन्छ रु उनी नबोले को बोल्ने त रु खोई त कोही बोलेको रु अरु त छोडौँ सारा संसारलाई थाहा भएको विषय महर्षि वाल्मीकि नेपालका हुन् र रामायणका रचनाकार उनै हुन् भन्ने जानेर पनि खोई त नेपाली बौद्धिक जगतले गौरवबोध गरेको रु पर्वत हाम्रै देशको एउटा जिल्ला हो । पर्वतकी छोरी पार्वती हुन् ।

उनीसँग जोडिएका गुफा र फाँट पर्वतमा छन् । खोई किन विद्वानहरू यस विषयमा बोलेको रु नेपालमा जन्मेका व्यासका विषयमा खोई विद्वानहरू बोलेको रु पूर्वीय शास्त्रहरूको अध्ययन गरेकाहरूलाई थाहा हुनुपर्ने हो, कृष्णद्वैपायन व्यास एउटा व्यास हुन्, उनी मात्रै व्यास होइनन्, त्यस्ता अरु २६ जना व्यास पनि भएका छन् । तीमध्ये नेपालमा जन्मेका व्यास कुन कुन थिए रु खोई व्यासभक्तहरूले यस बारेमा सोचेको, बोलेको रु

हामीले सम्बन्धित शास्त्र वा विषयको अध्ययन गरेर, त्यसैका आधारलाई प्रमाण मानेर कुनै स्थानको विषयमा बोल्ने हो । त्यसैका आधारमा पुष्ट्याइँ खोज्ने, पत्तो लगाउने वा गल्ती सच्याउने हो । राम जन्मभूमि अयोध्यापुरीका बारेमा थाहा पाउन रामायण र अयोध्यापुरीको भूगोलको अध्ययन गर्नु पर्दछ । कसैको सातो काढ्नभन्दा यता लाग्न राम्रो हुन्छ ।

‘अध्ययन गरेर मात्र बोल्नु पथ्र्यो, पुष्ट्याइँ गर्न सक्नुपर्छ’ आदि उपदेश र चुनौती दिनेहरूले पनि के कुरा हेक्का राख्नुपर्छ भने अयोध्या नाम नगरी तत्रासील्लोकविश्रुता ९त्यहाँ अयोध्या नाम गरेको विश्वप्रसिद्ध नगर छ भन्ने आधारमा भारत, उत्तर प्रदेशको फैजाबादमा पर्ने अयोध्यामा सन् १८६३र६३ तिर सर्वप्रथम उत्खनन् भएको भनिन्छ ।

संभवतः त्यहाँको पछिल्लो ९रु० उत्खनन् सन् १९६९ मा काशी हिन्दू विश्वविद्यालयका अवध किशोर नारायणले गरेका थिए । ती खोजहरूबाट रामकै जन्मभूमि भएको प्रमाण भेटियो भन्ने जानकारी छ र रु यस्ता स्थलहरूको उत्खनन भनेको सामाजिक तथा शास्त्रीय उत्खनन हो ।

यी अनेकौँ खोज, अनुसन्धान, उत्खननले पनि ८,८०,१०० वर्षसम्म पनि किन राम जन्मभूमि भनेर पुष्टि पाउन सकेको छैन रु कुनै पनि प्राचीन वैदिक, पौराणिक बस्तीहरूको भौतिक उत्खनन्बाट यथार्थ तथ्य पत्तो लाग्दैन, अनुमानलाई बल पु¥याउन सक्दछ । मथुरा वृन्दावन, काशी, अयोध्या, जगन्नाथ, रामेश्वरम् आदि स्थलहरूको भौतिक उत्खनन्बाट के प्राप्त भयो भने प्रामाणिक मान्ने हो रु दशरथको मुकुट रु रामको धनुष रु कैकेयीको फरिया रु कृष्णको बाँसुरी या गोपिनीका लहङ्गा रु

कुनै पनि विषय पुष्ट्याइँ हुन समय लाग्छ । नेपालमा राम जन्मभूमि प्रमाणित हुँदा हानि नै हुने कसैको केही तर्क छ भने बाहेक सबैले आफ्नो राष्ट्रमा संसारले गौरव गर्ने भूमि भएको तथ्य, तर्क, विवेक र विश्वास सहित अघि बढौँ ।

माथि उल्लेख गरिएका वाल्मीकि रामायणका श्लोकका आधारमा, त्यहाँको अन्य भौगोलिक अवस्थाको अध्ययन, अन्य घटनाका स्थान र तिनीहरूको दूरी यकिन गरेर निष्कर्षमा पुगिने हो । त्यो काम अब थालिहाल्नु पर्ने देखिन्छ । अयोध्यापुरी र यस्ता अनेकौँ शास्त्रवर्णित स्थलहरूको थप विषयको खोजीमा सम्बन्धित क्षेत्रका अध्येताहरू जुट्नुपर्ने देखिन्छ ।

देशभक्ति बहुआयामिक विषय हो । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि उच्च र महत्वपूर्ण छ भन्ने रामको जन्म दिनको सम्झना गरिरहँदा हामीमा पनि देशभक्ति भावना थप विकसित होस् । रामनवमी २०७८ को हार्दिक मङ्गलमय शुभकामना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation