भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

स्वतन्त्र उम्मेदवार न्यौपाने : ठुला दलहरु बाट पनि सहयोग पाउने भएपछि उत्साह बढेको छ

चारनम्बर ।
स्वतन्त्र उम्मेदवारी पछि चर्चामा रहेका वडा अध्यक्षका उम्मेदवार चन्द्रकान्त न्यौपानेले जितिने वातावरण बनिरहेको बताउनु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ मा स्वतन्त्र तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका न्यौपानेले आफूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि आएका प्रतिक्रियाको आधारमा जित्ने खालको माहौल बनेको बताउनु भएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग आइतबार विहान कुराकानी गर्दै न्यौपानेले भन्नुभयो उम्मेदवारी पछि अहिले सबैको प्रतिक्रिया बुझिरहेको छु । सामाजिक संजालदेखि भेटघाटको क्रममा सबैले उत्साह दिइरहनु भएको छ । यसले मेरो थप हौसला बढिरहेको छ । मेरो उम्मेदवारी पछि सबै खुसी रहेको देख्छु ।’

आफ्नो उम्मेदवारी गलत पार्टी र पात्र विरुद्ध रहेको उहाँले बताउनु भयो । पहिलो स्थानीय तहको कार्यकालमा निर्वाचित भएका जनप्रतिनिधिबाट जनता खुसी नभएको उहाँको दावी छ ।

अहिलेका जनप्रतिनिधिबाट जनता खुसी नभएका कारण आफ्नो जित सुनिश्चित रहेको रहेको उहाँको दावी छ ।’ उहाँले अब काँग्रेस, एमाले या अरु दल नभनेर सक्षम पात्रलाई मत खसालेर जिताउनु अहिलेको आवश्यकता भएको बताउनु भयो ।

मुख्यगरी बुद्धिजीवी, ब्यापारी, ब्यवसायी, शैक्षिक तथा सामाजिक ब्यक्तिले प्रारम्भिक चरणमा आफूलाई सहयोगी गर्ने प्रतिवद्धता जनाएको उहाँले बताउनु भयो । दलबलका ब्यक्तिभन्दा पनि सक्षम र केही नयाँ गर्न खोज्ने ब्यक्ति वडा र नगरबासीले खोजेको समेत पाएको उहाँले सुनाउनु भयो । आफू निर्वाचित भए यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सेवाप्रवाह लगायतमा नतिजामुखी काम गर्ने उहाँले दावी गर्नुभयो ।
मुख्य गरी काँग्रेस र एमाले र अरु दलबाट पनि आफूलाई निर्वाचनमा सहयोग पुग्ने भएकोले जित हासिल गर्ने उहाँको दावी छ । आफ्नो उम्मेदवारी पछि मुख्यगरी काँग्रेस र एमालेभित्र चर्चा रहेको उहाँले बताउनु भयो । आफू सक्षम भए आफूलाई र दलका उम्मेदवार सक्षम भए उनैलाई मत खसाल्न उहाँको आग्रह छ । एमाले, काँग्रेस र माओवादीमा चर्चामा आएका उम्मेदवारहरुभन्दा आफू कुनै हालतमा कमजोर नभएको बताउँदै उनीहरुसंग हरेक हिसावमा प्रतिस्पर्धा गर्न आफू तयार रहेको समेत उहाँले बताउनु भयो ।

स्वतन्त्र उम्मेदवारी पछि पत्रकार न्यौँपाने अहिले चर्चामा छन् । वाणगंगामा क्रियाशिल राजनैतिक दल, गाउँघर र चिया चोकहरुमा समेत न्यौपानेको विषयले चर्चा पाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation