भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

जहाँ मतदान हुँदैन

बागलुङ ।
२०७४ को स्थानीय निर्वाचनमा तमानखोला गाउँपालिका–६ मा निर्वाचन भएन । स्थानीयले भेला बसेर निर्विरोध वडाध्यक्ष र सदस्य चुने । निर्वाचनको दिन उनीहरूले वडा ६ बाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गरे । यसपालि पनि स्थानीय सर्वसम्मत नेतृत्वका लागि छलफल गरिरहेका छन् ।

गएको निर्वाचनमा वडामा कांग्रेसबाट अध्यक्षमा कुलबहादुर छन्त्याल र सदस्यमा लोकबहादुर छन्त्याल, माओवादीबाट थमप्रकाश रसाइली तथा निर्मला विक र एमालेका तर्फबाट मैनदेवी छन्त्याल सदस्यमा निर्विरोध भएका थिए । वडाभित्रको मतभारका आधारमा पद विभाजन गरिएको थियो । त्यसअघि १५ वर्षसम्म जनप्रतिनिधि नहुँदा पनि अध्यक्ष र सदस्य तोकिएको थियो । उनीहरूले त्यति बेला सामाजिक क्षेत्रका काम गर्थे । अध्यक्ष भने कुलबहादुर नै अध्यक्ष थिए । ‘मैले लगातार २० वर्ष काम गरें,’ उनले भने, ‘अब भने मलाई बस्ने मन छैन, नयाँ नेतृत्वका लागि छलफल हुँदै छ ।’

उनले युवालाई नेतृत्वमा ल्याउने तयारी रहेको जानकारी दिए । मिलेर काम गर्दा सफल भएको उनको अनुभव छ ।

अहिलेको वडा नं ६ स्थानीय तहको संरचनामा जानुअघि खुंखानी गाविस थियो । २०५४ मा खुंखानीमा कर्मबहादुर छन्त्याल अध्यक्ष र हिरामान विक उपाध्यक्षमा निर्विरोध चुनिएका थिए । २०४९ को स्थानीय निर्वाचनमा पनि जंगबहादुर छन्त्याल अध्यक्ष र हिरामान विक उपाध्यक्षमा सर्वसम्मत छानिएका थिए । ‘बाबुबाजेको पालामा गाउँभेलाबाटै अध्यक्षरप्रधानपञ्च तोक्ने चलन थियो,’ ५५ वर्षीय कुलबहादुर छन्त्यालले भने, ‘अहिलेसम्म निर्वाचन भएको मलाई थाहा छैन ।’

वडा नं ६ मा नर्जाखानी, भित्रीवन र पात्ले गरी ३ वटा बस्ती छन् । तीनवटै वस्तीमा बर्थिङ सेन्टरसहितको सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ । वडाकै बजेटमा सामुदायिक स्वास्थ्य इकाइमा महिला स्वास्थ्यकर्मी राखेर उपचार र सेवा प्रवाह भइरहेको स्थानीय थमप्रकाश छन्त्यालले बताए । वडाकै बजेटमा पालिका र भूकम्प पुनर्निर्माण प्राधिकरणको बजेट मिलाएर विद्यालय भवन बनाइएका छन् ।

गाउँमा बालविवाहविरुद्ध अभियान चलेको छ । वडाध्यक्ष कुलबहादुरले कर्मचारीले स्थानीय तह सञ्चालन गरेका आफूहरू सामाजिक क्षेत्रमा बढी केन्द्रित भए पनि पाँच वर्षयता सडक, स्वास्थ्यचौकी, खानेपानी जस्ता विकासका काम गर्न पाएको बताए । ‘अहिले केही रकम वडालाई नै तोकिएर आउँछ, त्यसैले विकास गर्न सम्भव भयो,’ उनले भने, ‘टोलसम्म स्तरीय सडक बनेका छन् ।’

यसअघिका जनप्रतिनिधिले स्वयंसेवा गरेका थिए, अहिले तलब तोकिएको छ । तलबका कारण कतिपयले निर्विरोधको चलन हटाउनुपर्ने धारणा राख्न थालेका छन् । बूढापाकाले भने यो पटक पनि निर्विरोध जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation