हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

मकवानपुर बाट ३५ किलो गाँजासहित पाँचजना पक्राउ

हेटौंडा ।
मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरि गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

चितवनबाट हेटौंडा आउँदै गरेको बा। ८ ख ८१०६ नम्बरको बसको पछाडिको सिटमा बसेका यात्रुको झोलाले लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने चितवनको राप्ती नगरपालिका–१ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर वडाका २५ वर्षीय सूर्यबहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैबीच, मकवानपुर प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरियालीबा खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा ७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

ब्लोनको घरमा चेकजाँच गर्ने क्रममा दराज र पलङमा लुकाएर राखेको अवस्थामा एक हजार ४० ट्याब्लेट ट्रामा, ५२५ ट्याब्लेट नाईट्रोभेट र १० बोतल मोरक्स पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation