हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पुष्पा भुसाल : कम्युनिस्ट नेताहरूले नागरिकलाई भन्दा आफ्नो पार्टी र कार्यकर्ता पोस्ने काम गरे

अर्घाखाँची ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले कम्युनिस्ट सरकारले देशको ढुकुटी रित्याएको आरोप लगाउँदै देशमा आर्थिक सङ्कट उत्पन्न हुन थालेको बताउनुभएको छ ।

नेपाली कांग्रेस अर्घाखाँचीले वीपी स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएकी भुसालले कम्युनिस्ट पार्टीका नेताहरूले नागरिकलाई भन्दा आफ्नो पार्टी र कार्यकर्ता पोस्ने काम गर्ने गरेको आरोप लगाउनुभयो ।

नेतृ भुसालले लोकतान्त्रिक पद्धतिको चुनावमा जाने नेपालका कम्युनिस्टहरूले कहिले पनि परिवर्तनको नेतृत्व सम्हाल्न नसकेको बताउनुभयो । लोकतन्त्रको पर्यायवाची नेपाली कांग्रेस रहेको जिकिर गर्दै नेतृ भुसालले नागरिकले तिरेको कर भ्रष्टाचारमा लगाउन नदिन कांग्रेसले तीनै तहको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

देशको राजनीतिको बागडोर सम्हाल्न कांग्रेसबाहेक अरू कुनै दलले नसकेको उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation