भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

राप्रपा शिवराजद्धारा १३ सदस्यीय निर्वाचन परिचालन समिति गठन

कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा शिवराज नगर कार्यसमितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक चन्द्रौटाको शिवालय मन्दिरमा सम्पन्न भएको हो । उक्त बैठकले ११ वटै वडाबाट प्रतिनिधित्व रहेको राम बहादुर रायमाझिको संयोजकत्वमा रामु भुसालसहितको १३ सदस्यीय निर्वाचन परिचालन समिति, ऋषि राम खनालको संयोजकत्वमा नारायण आचार्य, जनक भुसालसहितको ९ सदस्यीय निर्बाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

यस्तै बैठकले राम अचल चौधरीको संयोजकत्वमा गंगा राम कुर्मी, दामोदर मिश्रसहितको ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ । उक्त बैठकले यहि चैत मसान्तसम्म नगर कार्यसमितिको चुनाव प्रचार सम्पर्क कार्यलय खोल्ने र वैशाख ५ गतेसम्म वडाको सम्पर्क कार्यलय खोल्ने निर्णय समेत गरेको छ । उक्त बैठकलाई निर्देशन दिदैं पार्टिका केन्द्रिय सदस्य ध्रुब रायमाझिले पार्टिले लिएको एजेन्डा र नेतृत्व प्रति आम मानिसको आकर्षण रहेको र अज युवाहरु नै आफै खोजि खोजि पार्टि प्रबेश गरेकाले अब बिकल्प राप्रपा मात्र रहेको बताउनुभयो ।

उहाँले राप्रपामा लाग्नु र राप्रपालाई मतदान गर्नु भनेको मुलक बचाउने र बनाउने अभियानमा लाग्नु हो भन्दै पार्टिको चुनाव चिन्ह हलोमा मतदान गरि राप्रपाका उम्मेद्वारलाई विजयी गराउन घर घर पुगेर जनतालाई बुझाउन निर्देशन दिनु भयो । सोही बैठकमा विभिन्न पार्टि परित्याग गरि ३५ जना पार्टिको सदस्यता लिई राप्रपामा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा क्षेत्र नम्बर ३ क प्रदेशसभा अध्यक्ष गंगाराम कुर्मि, बाणगंगा नगर अध्यक्ष गिरिराज कँडेल , बुद्दभुमि नगर अध्यक्ष लिलाखर अधिकारी, राप्रपा नेता भिष्म ठुगांना, नवराज अधिकारी, रामबहादुर थारु, बेलबहादुर कुवँर लगायतको उपस्थितमा रहेको थियो । शिवराज नगर कार्यसमितिका अध्यक्ष रामबहादुर रायमाझिको अध्यक्षता रहेको बैठक ऋषि राज खनालको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation