हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अध्यक्ष लिङ्देन : सीमित नेताका कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बन्‍यो

हेटौंडा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दल र तिनका सीमित नेताको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् ।

राप्रपा मकवानपुरले हेटौंडाको हुप्राचौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जे व्यवस्था भएपनि जनताको अवस्थामा परिवर्तन नभएको बताए ।

उनले जनताको अवस्था परिवर्तन नहुँनुमा सीमिति पार्टी र तिनका सीमित नेताले देश बन्धक बनाएका कारण देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखाना भएको जिकिर गरे ।

उनले भने, ‘ २०४६ सालपछि शासन सत्तामा रहेका दलहरुले देशलाई असफल राष्ट्र बनाउन उद्दत गराए । ३ दशकमा १ हजार जनालाई रोजगारी दिन सकेन । उद्योग समेत खोल्न सकेन। त्‍यसकारण वर्तमान राजनैतिक दल पूर्णरुपमा असफल भयो।’

अध्यक्ष लिङ्देनले देश झन्झन् गरिब हुँदै जानु, वैदेशिक ऋणको भार पछिल्ला वर्षहरुमा बढ्नु र यूवा शक्ति परिवार पाल्नकै लागि खाडी मुलुकमा जान बाध्य पार्ने मुख्य जिम्मेवारी नेपाली काँग्रेस, एमाले, माओवादीले लिनुपर्ने जिकिर गरे ।

अध्यक्ष लिङ्देनले ३ करोड नपुगेको देशको ५०औ लाख यूवा जनशक्ति परिवार पाल्न खाडी मुलुक जान बाध्य भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation