


काठमाडौ । नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले नेपालको भूमिमा भारतीय पक्षको एकलैटी रुपमा ज्यादती बढिरहेकोमा आक्रोस जनाउँदै आफ्नो जीवनको आहुती दिन तयार रहेको चेतावनी दिनुभएको छ ।
अध्यक्ष बरालले बुधवार एक विज्ञप्ती जारी गर्दै आफ्नो देशको एक चिम्टी माटो खोसिएको टुलुटुलु हेरेर बस्न नसक्ने उल्लेख गर्दै उहाँले अनेरास्ववियु राष्ट्रिय स्वाधिनताको रक्षाको लागि सदैव लड्ने चेतावनी दिनुभयो । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ४ खलंगामा भारतीय पक्षले अन्तर्राष्ट्रिय कानूनको उलंघन गर्दै हेपाहा शैलीमा एकपक्षीय रुपमा नेपाली भूमि मिचेर तटबन्द निर्माण कार्य सुरु गरेको प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोही प्रशंगमा अध्यक्ष बरालले मुलुकको सिमा अतिक्रमण विरुद्धमा होस् वा सिमानामा नेपाली माथी ज्यादती हुँदा नै किन नहोस् अनेरास्ववियु सदैव विना वर्दिको सिपाई भई राष्ट्रियता र सीमा रक्षार्थ निरन्तर संघर्षको मैदानमा रहँदै देशभरिका नेपालीहरुको मन मुटुमा बसिरहेको दावी गर्नुभयो । लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता लिनुपर्ने कर्तव्य बोकेको वर्तमान परमादेशी सरकार उक्त कार्यका मूकदर्शक हुनु दुःखद भएको उल्लेख गर्दै उहाँले सीमा रक्षार्थ उक्त क्षेत्रका स्थानीयले प्रतिकार गर्दा भारतीय पक्षबाट भएको दमनको घोर भत्र्सना गर्नुभयो ।