हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अध्यक्ष ओली : देशको अवस्था यस्तो छ, सरकारले तलब र भत्ता नदिए अनौठो मान्नुपर्दैन

काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलङ्काको जस्तै बन्न लागेको टिप्पणी गर्नुभएको छ । आज आइतवार नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तै बन्न लागेको बताउनुभएको हो ।

उहाँले केही समयपछि कर्मचारीले तलब पाएनन् र ज्येष्ठ नागरिकले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गर्नुभयो । देशको अवस्था यस्तो हुँदा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुङ्गाको काप फोरेर उम्रिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको । श्रीलङ्का बन्न जाँदैछ नेपाल । केही समयपछि तपाईँहरूले तलब पाउनुभएन भने अनौठो नमान्नु होला । जेष्ठ नागरिकले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिन सक्ने अवस्था छैन । योजनाहरू, आयोजनाहरु काटिएका छन् । देश यस्तो अवस्थामा पुग्दा पनि गठबन्धन आनन्दमा छ ।’

एमाले अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बरबाद बनाउँदै लगेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘देश बरबाद बनाउँदैछन् गठबन्धनवालाहरूले । अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो । देश एउटा फेल्ड स्टेटतिर जाने अवस्था आउँदै छ ।

श्रीलङ्काको कस्तो भइराखेको छ अवस्था रु कोही विदेश जाने कल्पना नगरे हुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन । अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ । कारोबारहरू उतै भुक्तानी हुन्छ । देशभित्र पैसा हुँदैन । चरम भ्रष्टता भएको छ । यो कुरा सरकारमा बस्नेहरू र गठबन्धनवालाहरूले बुझेकै छैनन् ।’

अध्यक्ष ओलीले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिनका लागि शिक्षकहरूलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation