हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

मोबाइल, फर्निचर, चुरोट, रक्सीलगायतका वस्तु आयातका लागि एलसी नखोल्ने बैंकर्स सङ्घको निर्णय

काठमाण्डौ ।
देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वाणिज्य बैंकहरूले विभिन्न सामान आयातका लागि प्रतितपत्र अर्थात् एलसी नखोल्ने भएका छन् । आज आइतवार बसेको नेपाल बैंकर्स सङ्घको बैठकले गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायतका सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएकोमा आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरुको बैठकले औपचारिक रूपमै निर्णय गरेर एलसी नखोल्ने निर्णय गरेको हो । कम्तीमा एक हप्तासम्म विलासी वस्तु आयातका लागि एलसी नखोल्ने र थप निर्णय अर्को बैठकले गर्ने एक सीईओले बताएका छन् ।

राष्ट्र बैंकको मौखिक निर्देशन भएकाले यसअघि बैंकका केही शाखाले विलासी वस्तु आयातका लागि पनि एलसी खोल्दै आएकोमा अब बैंकर्स सङ्घले नै आधिकारिक निर्णय गरेकाले मोबाइल, रक्सी, फर्निचर लगायतका वस्तु आयातमा एलसी खोल्ने काम बन्द भएको छ ।

डलरको सञ्चिति घट्ने क्रम रोक्न राष्ट्र बैंकले यसअघि नै झन्डै एक हजार तीन सय प्रकारका वस्तु आयातका लागि एलसी खोल्दा पचासदेखि एक सय प्रतिशतसम्म नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । बैंकर्स सङ्घको आजको निर्णयले विलासी वस्तुको आयात कम हुने र डलर सञ्चितिमा केहि राहत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation