हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने

चितवन ।

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेता विजय सुवेदीलाई बनाउने निर्णय गरेको छ। आइतबार पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

सुवेदी बागमती प्रदेश सभाका सदस्य हुन्। उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।

भरतपुरको मेयरमा एमालेबाट पोलिटव्युरो सदस्य देविप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको पनि चर्चा थियो। स्रोतका अनुसार ज्ञवालीले नै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

सुवेदीलाई मेयरको उम्मेद्वार बनाउन पोलिटब्युरो सदस्य ज्ञवालीले प्रस्ताव र नेता पोखरेलले समर्थन गरेका थिए।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार थिए। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुँदा उनी झिनो मतान्तरले पराजित भएका थिए।

भ्गचय
पोख्रेल प्रतिनिधि सभाका सांसद हुन्। उनी संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति पनि हुन्। उनले कार्यकर्ताले मेयरमा उठ्न दवाद दिए पनि आफ्नो स्थानीय तहमा फर्किर्ने इच्छा नरहेको बताउँदै आएका थिए।

मेयरको उम्मेद्वार घोषणा गरिएका सुवेदी वृहत चितवनको गुरूयोजना निर्माणका अगुवा हुन्। उनी चितवनमा विकासको भिजन भएका नेताका रूपमा परिचित छन्। उनी बागमती प्रदेशमा अष्ठलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएका थिए।

सुवेदी नेकपा विभाजन भएपछि नेकपा एमालेको बागमती प्रदेश सचिवालय सदस्य भएका थिए। उनी नेकपा एमाले चितवनको सचिव भइसकेका छन्।

महानगर कमिटिको बैठकले उपमेयरको उम्मेदवार भने तोकेको छैन। एमालेले भरतपुर महानगरमा राप्रपालगायतका दलहरुसँग तालमेल गर्ने तयारी गरेको छ। त्यसैका लागि अहिले उपमेयरको उम्मेदवार नतोकिएको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation