हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

जीप दुर्घटना हुुँदा पाल्पामा ४ जना घाइते

पाल्पा ।
पाल्पाको रामपुरमा हिजो साँझ जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रामपुर नगरपालिकाको वडा नं. २ बटरामा भलायटारबाट स्याउली बजारतर्फ जाँदै गरेको लु १ ग ५७०९ नं।को जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जीपका चालक रामपुर १ स्याउली बजारको २८ वर्षीय सन्जु श्रेष्ठ, सोही स्थानको २५ वर्षीय मनोज सिग्देल,३५ वर्षीय सुर्य श्रेष्ठ तथा स्याङ्जाको वालिङ ६ का २२ वर्षीय मनोज क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको हुँदा प्राथमिक उपचार पश्चात पोखरास्थित मणिपाल अस्पताल रेफर गरिएको र सूर्य श्रेष्ठको रामपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिनुभयो । जीप कालीगण्डकी करीडोरबाट झण्डै सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation