


झापा । झापाको मेचीनगर नगरपालिका-५ मा एक वृद्धाको हत्या भएको छ । बुधबार साँझ घाँस काट्न गएकी स्थानीय ६८ वर्षकी अम्बिका कुँवरको हत्या भएको हो । साँझसम्म घर नआएपछि खोज्न जाँदा उनको श्रीमानले घरदेखि २०० मिटर पर शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त पाठकका हत्या आरोपमा मेचीनगर नगरपालिका- ५ का २७ वर्षका रणबहादुर बस्नेत पक्राउ परेका छन् । उनीहरुबीच पारिवारिक विवाद रहेको र त्यही विषयलाई लिएर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।