हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अर्थमन्त्री : गभर्नर निलम्बन ऐन र कानुनअनुसार नै छ

काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही राष्ट्र बैंकको ऐन र कानुनअनुसार नै निर्णय गरिएको दाबी गरेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘राष्ट्र बैंकको ऐन प्रावधान र कानुन संवत् निर्णय गरेका हौँ। किन गरेका हौँ भनेर छानविन कमिटी गठन गरेका छौँ। कमिटीलाई काम गर्न दियो भने उहाँले छानविन गरेर एक महिनापछि सबै रिपोर्ट तपाईहरूले पाउनुहुन्छ।’

उनले राष्ट्र बैंकको लगानी कहाँ कहाँ छन् भनेर जान्न खोज्दासमेत नपाएको गुनासो गरे। ‘सामान्य हिसाबले कर्जा प्रवाहको कुरा १९ प्रतिशतको लक्ष्य राखेका थियौँ। तर, ३२ प्रतिशत पुग्यो। यो बेलैमा नियमन गर्नुपर्ने हो। यो अर्थ मन्त्रालयले गर्दैन यो राष्ट्र बैंकको काम हो। त्यत्रो ऋण भएपछि उत्पादन क्षेत्रको बढ्नुपर्ने हो’ उनले भने।

अनुत्पादक क्षेत्रमा लगानी बढेको उनले बताए। कोरोना महामारी सुरु भएदेखि नै उनले उत्पादनमुखि क्षेत्रमा लगानी बढाउन चालेको प्रष्ट पारे। उनले भने, ‘मैले लगानी कहाँ कहाँ लगानी हुन्छरु कसरी गरिहेको छ भनेर खोज्ने प्रयत्न नगरेका होइन। तर, हामीले प्राप्त गर्न सकेनौँ। पैसाको अनियन्त्रित विस्तार भयो। ऋण प्रवाह बनेकालाई कसरी नियन्त्रण गर्ने भनेदेखि नै मैले कुरा राखेको हो। कोरोनाको बेलामा मैले छलफल गरेको हो।’

अनुत्पादक क्षेत्रको लगानी रोक्नको लागि आफूले सक्दो पहल गरेको दाबी गरे। आफूले कुनै काममा हस्तक्षेप नगरेको दाबी गर्दै आफ्नो जिम्मेवारी बहन गरेको बताए। अर्थमन्त्रीले हस्तक्षेप गरेको भनेर भ्रम सिर्जना गरेको बताउँदै तथ्य नभएको उनको भनाइ छ।

उनले देशको अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो संकटको अवस्थामा नपुगेको समेत दाबी गरे। अर्थतन्त्रको बिषयलाई लिएर अर्थव्यवस्थाको राजनीतिकरण गरे देशलाई फाइदा नपुग्ने प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation