हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

बाणगंगा ५ का निर्विरोध उम्मेद्वार पोख्रेल को हुुन ?

चेतन विष्ट, जितपुुर ।
नजिकिदै गरेको स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५को अध्यक्षमा एमालेले युुवराज पोख्रेल लाइ सर्वसम्मत चयन गरेको छ । बाणगंगा नगरका अन्य वडामा आकाङ्छीहरुको सङ्ख्या धेरै भएर उमेद्धार चुन्न गारो भैरहेको समयमा वडा नम्बर ५ मा भने एक कुसल र शैक्षिक व्याक्ति पाए पछि वडा नम्बर ५ मा सर्वसम्मत उमेद्वार चयन गरीएको हो ।

आकाङ्क्षीहरु धेरै भए पनि एक बौद्धिक र क्षमतावान ब्याक्ति आकाङ्क्षीको रुपमा देखीए पछि अन्य इच्छुकले समेत अहिले पोख्रेल लाइ नै वडा नम्बर ५ को अध्यक्षमा जिताउन सहयोग गर्ने बताएका छन ।

को हुुन पोख्रेल 

वि स २०२७ कार्तिक १७ गते साविक को कोपोवा गा.वि.स वडा न ९ भगलापुरमा बुबा गंगाधर र माता हरिकला पोख्रेल को कान्छो सन्तनको रुपमा उनको जन्म भएको हो । उनि २०६२ साल देखी कपिवलस्तु को बुुङ्चीमा रहेको सिद्धार्थ क्याम्पसमा कर्मचारीको रुपमा कार्यरत पनि रहेका छन । लामो समय विद्यार्थी र अभिभावकको विचमा लोकप्रिय रही काम गर्दै आएका पोख्रेल हाल सिद्धार्थ क्याम्पस को परीक्षा प्रमुख जस्तो महत्वपुर्ण जिम्मेवारीमा रही काम गर्दै आएका छन ।

कपिलवस्तु ज्ञानज्योति शिक्षा सदन वाणगंगा ६ को अध्यक्ष , माउण्ट एभरेष्ट वचत तथा रिण सहकारी संस्था लिमिटेड को अध्यक्ष, विभिन्न गैर सरकारी संस्था, मठमन्दीर लागयत विभिन्न आधा दर्जन भन्दा धेरै संघ सस्थाहरुको नेतृत्वमा रही कुसलता पुर्वक काम गरीरहेका छन ।

राजनैतिक पृष्ठभुमि
तत्कालीन जि.वि.स उपसभापति एवं पार्टी जिल्ला उपसचिव नेकपा एमाले कपिलवस्तुका स्व. लक्ष्मण पोख्रेलका सहोदर भाइ युवराज पोख्रेल आफ्नै दाइ लक्ष्मण पोख्रेल, झविलाल पोख्रेल र धर्मराज भुसालको प्रभावमा २०४१ सालमा अनेरास्ववियु मा. वि. प्रा. क को अध्यक्ष बाट राजनैतिक यात्रा सुरु गर्नुभएको थियो । २०५० साल देखी कोपवा गाउँ कमिटी को सदस्य, उपसचिव हुँदै ४ कार्यकाल सचिव जस्तो पदमा रही कुशलता पुर्वक नेतृत्व निर्वाह गर्नुभएको थियो ।

तत्कालीन इलाका कमिटी इलाका न. ५ को इलाका कमिटि को उप सचिव एक कार्यकाल, र सचिवमा दुुइ कार्यकाल रही सफलता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यसैगरी उहाँ जिल्ला कमिटीको बैकल्पीक सदस्य,पुर्ण जिल्ला कमिटि सदस्य र जिल्ला पार्टि सचिवालय सदस्यमा रही कुसलता पुर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको थियो ।

त्यसै गरी २०४६सालको पंचायत विरोधि जन आन्दोलमा स्व.दाजु लक्ष्मण पोख्रेलले अगुुवाइ गर्नुभएको कपिलवस्तुुको आन्दोलनमा अग्र स्थानमा रही भुमिका निर्वाह गर्नुुभएको थियो । त्यस्तै २०६२ ६३ को आन्दोलनमा नेकपा एमाले साविक को कोपवा गा. वि. स को तर्फ बाट नेतृत्वदायी भुमिकामा रही आन्दोलनको हरेक मोर्चाहरुमा अग्रस्थानमा रही काम गर्नुुभएको थियो ।

हालै सम्पन्न नगर अधिवेशन बाट बाणगंगा नगर अध्यक्षमा निर्वाचित पोख्रेल जिल्लाको एक मात्र सर्वसम्मत वाणगंगा ५ को वडा अध्यक्षमा सिफारीसमा पर्न सफल हुुनुभएको छ ।

जित्ने आधार
लामो समय निरन्तर पार्टीको र जनताको काममा सक्रिय रहेका पोख्रेल जनताका माग र आवस्यक्ता लाइ राम्रो सगँ बुुझेको हुनाले उनलाइ नै सर्वसम्मत उम्मेद्धार घोषण गरीएको ५ नम्बर वडा ले जनाएको छ । उज्यालो आवज अनलाइन सँगको कुराकानिमा उनले भने “मलाइ कुनै स्वार्थ पुरा गर्नु छैन । म पार्टिका कार्यकर्ता र जनताको माग बमोजिम नै उमेद्धार दिने मनसाय राखेको थिए, त्यही अनुसार पार्टिले पनि सर्वसम्मत चयन गर्यो । मलाइ जनताले नै चाहेको ले जनताकै भावन अनुसार काम गर्ने छु । अहिले चिल्ला कुरा गरेर मैले जनताको दिमागमा झुटको खेती गर्दैन, मैले आफ्नै कार्यकालमा गरेको कामले जनताको मन जित्ने छु म त्यसमा ढुक्क छु ।” उनले भने  ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation