वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

नेकपा एस कपिलवस्तुद्वारा ४ पालिकामा पार्टी कार्यालय स्थापना

कपिलवस्तु ।

नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले ४ पालिकामा पार्टी कार्यालय स्थापना गरेको छ । समाजवादीको राम्रो उपस्थित रहेको ४ पालिकामा स्थानीय पार्टी कमिटीले पार्टी कार्यालय स्थापना गरेका हुन् ।

जसमा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको शुद्धोधन गाउँपालिकाको लवनीमा गाउँपालिका कमिटीले कार्यालय खोलेको पार्टीका जिल्ला उपाध्यक्ष नेत्रलाल खनालले जानकारी दिनुभयो । आसन्न निर्वाचन लक्षित गतिविधिलाई व्यवस्थित पार्न कार्यालय सञ्चालनमा ल्याएर काम अगाडी बढाइएको उपाध्यक्ष खनालले जनाउनुभयो ।

एमाले विभाजन पश्चात शुद्धोधनका प्रभावशाली नेताहरु एकीकृत समाजवादी तिर लागेका थिए । यसले गर्दा यहाँ समाजवादीको बलियो उपस्थिति रहेको छ । पालिकाका ६ वटै वडामा वडा कमिटी गठन भएको शुद्धोधनमा एक्लै चुनाव लड्ने हैसियतमा पार्टी पुगेको खनालको भनाई छ । चैत्र २२ गते चन्द्रौटाका लागि आउनुभएका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

यस्तै शुद्धोधनसंग जोडिएको मायादेवी गाउँपालिकामा पनि एकीकृत समाजवादीले कार्यालय स्थापना भएको छ । समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको उपस्थितिमा चैत्र दोस्रो हप्ता पकडीमा पार्टी कार्यालयको उद्घाटन गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य फैजल खानले जानकारी दिनुभयो । चुनाव जित्ने गरि गतिविधिलाई तीव्र पारेको पार्टीले कार्यालयबाटै कामलाई व्यवस्थित पारेको नेता खानको भनाई छ ।

यस्तै जिल्लाको पश्चिमी क्षेत्रमा रहेको शिवराज नगर कमिटीले पनि चन्द्रौटामा कार्यालय खोलेको छ । चैत्र २२ गते पार्टी अध्यक्ष नेपालले कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको नगर अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो । जिल्ला मै समाजवादीको प्रभाव क्षेत्र मानिएको शिवराजमा पार्टी कार्यालय स्थापना पश्चात सत्ता गठबन्धन दलहरुको बैठक पनि सोही कार्यालयमा बस्न सफल भएको छ ।
बजारको मुख्य क्षेत्रमा रहेको कार्यालयमा दैनिक चहलपहल बढ्न थालेको अध्यक्ष पौडेलले जनाउनुभयो ।

यसैगरि भारतीय सीमावर्ती कृष्णनगरमा पनि नगर कमिटीले पार्टी कार्यालय स्थापना गरेको छ । नगर अध्यक्ष इन्तेखाव अहमद खाँले कृष्णनगर बजारमा एकीकृत समाजवादीको नगर कार्यालय सञ्चालनमा ल्याइएको बताउनुभयो । पार्टी केन्द्रीय सदस्य दोय क्षेत्र बहादुर खत्री र मीना परियारले उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो । कृष्णनगरमा बहालवाला वडाध्यक्षसमेत एकीकृत समाजवादीमा आएका छन् । उपमेयरसहित सबै वडामा चुनाव लड्ने तयारीमा रहेको समाजवादी यहाँ बलियो हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation