हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

एमाले नेपालगञ्जद्वारा मेयरमा मिश्र र उपमेयरमा ढकाल लाई सिफारिस

नेपालगञ्ज ।                                              बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

एमाले नेपालगञ्ज नगर कमिटीका बैठकले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको हो । मिश्र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छाडेर केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यसअघि उनी तराई मधेश लोकतान्त्रिक पार्टीमा थिए ।

मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं‍. २ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए ।                                                                      धवलशमशेरले मैदान छोडेपछि नेपालगञ्जले खोजेको विकल्प हालै एमाले प्रवेश गरेपछि उनी एमालेको केन्द्रीय सदस्य बनेका थिए । उपमेयरमा सिफारिस ढकाल पनि एमालेको केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation