दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

जसपा अध्यक्ष तेलीले नदीजन्य पदार्थ चाेरी निकासीमा व्यस्त

कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नदीजन्य पदार्थ दैनिक चाेरी निकासी भइरहेको पाइएकाे छ । विजयनगर जनता समाजवादी पार्टीका अध्यक्ष सन्तराम तेलीकाे ट्रेक्टरले राति ११ बजेकाे समयमा चिरई नदीबाट दैनिक चाेरी गरिरहेकाे अवस्था २ वटा ट्रेक्टर भेटिएको स्थानीय जाकिर हुसेनले जानकारी दिए । चिरई नदीकाे करबला, भैँसहवा र बलुइया घाटबाट चाेरी निकासी भइरहेको उनले बताए । सन्तराम तेलीकाे लु ३ त ४७९७, लु २ त ९६२५, बब्बु थारुकाे लु २ त ६६२४ र इन्तजार थारुकाे लु २ त २४६९ नम्बरको ट्रेक्टरले नदीजन्य पदार्थ चाेरी गरिरहेकाे स्थानीय हुसेनकाे भनाइ छ ।

रातिकाे माैका छाेपी नदीबाट करिब ५ सय मिटर दुरीमा जंगलमै डम्पिङ पनि गरेकाे उनले जनाए । स्थानीयले प्रहरीकाे मिलेमतो चाेरी भइरहेकाे गुनासाेसमेत गरेका छन् । प्रहरीलाई खबर गरे पनि ध्यान नदिएकाे उनीहरूले बताएका छन् ।

यता इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टले प्रहरीकाे कुनै संलग्नता नरहेकाे दाबी गरे । उनले शनिबार लु २ त ९६२५ नम्बरको गाडी नियन्त्रणमा लिए तापनि ट्रेक्टरमा केही पनि लाेड नभएकोले गाडी छाेडेकाे बताए । उनले स्थानीयले नै रातिकाे माैका छाेपी नदीजन्य पदार्थ चाेरी गरेकाे हुन सक्ने बताए । प्रहरी निरीक्षक विष्टले दिनरात निगरानीलाई बढाएकाे बताउँदै चाेरीमा संलग्न भएका गाडीलाई नियन्त्रणमा लिई कारवाहीसमेत गरिँदै आएकाे जनाए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation