


कमला थापा,सन्धिखर्क । जिल्ला को सन्धिखर्क नगरपालिकाको मेयर पदमा युवा नेता बाबुराम भुसालले उम्मेद्वारी दिने भएका छन।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को बिकट एक जंगलको खोचमा रहेको भेडाबारी भन्ने गाउँमा जन्मेका युवा नेता ,समाजसेवी ,युवा व्यवसायी बाबुराम भुसालले समृद्व नगरपालिका बनाउँने कडा अठोट का साथ् बैशाख ३० गते हुने स्थानीय तहको चुनाबमा आफुले नेपाली कांग्रेशको तर्फबाट मेयर पदको लागि उम्मेद्वारी दिने घोषणा गरेका हुन्।
अर्घाखाँची जिल्ला मा समाजसेवी ,युवा व्यवसायी ,युवा नेता ,र संगीतप्रेमी भनेर चिरपरिचित रुपमा चिनिने सालिन स्वभावका एकदमै सरल, कुशल ईमान्दार कर्तब्यनिष्ठ र आम जिल्लावासी को दु:ख सुख मा सदैव एक भगवान बनेर उभिने,सबैलाई नम्र व्यवहार गर्ने एक कुशल नेता बाबुराम भुसाल अहिले नेपाली कांग्रेसका सन्धिखर्क नगरपालिकाका सभापति समेत रहेका छन्।
भेड्वारी जस्तो बिकट एक जंगलको खोच मा जन्मेका नेता भुसाल पछि बसाईसराइ गरी सन्धिखर्क नगरपालिका वडा नम्बर – ९ को मैदानमा बसोबास गर्दै आएका थिए तर पछि अर्घा मैदान को गाउँ घर छाडेर सम्पूर्ण परिवार सहित सन्धिखर्क २ को घोंचेखोलामा बसाईसरेका थिए। हाल उनि सन्धिखर्क नगरपालिका १ मा बसोबास गर्ने गर्दछन्।
सदैब समाज परिवर्तन का लागि बेग्लै भीजन बोकेका युवा नेता भुसालले बिगतका दिन हरुमा जिल्ला का हरेक दिनदुखि ,असाय,उपचार नपाएर घरमै मृत्यु संग लडी रहेका जघन्य रोग बाट ग्रसि बिरामी लगायात कोभिड १९ को महामारी को समयमा खाधान्न को अभाव ले चुलो निभेका जिल्लाका बिभिन्न बिपन्न बर्गका घर परिवारलाई खाधान्न उपलब्ध गराउँने अर्घाखाँची जिल्लाकै पहिलो युवा नेता थिए। भुसाल जे जस्तो परिस्तिथिमा पनि जिल्लावासी का लागि एक दरिलो खम्बा बनेर उभिने गर्दछन तेसैले आम सन्धिखर्क नगर वासीको चाहना भुसाललेनै मेयर पदमा जित हाँसिल गरे समृद्व सन्धिखर्क बन्नेमा कुनै दुईमत नभएको बताउँछन।
एक साधारण परिवार बाट आफ्नो राजनीतिक जीवन शुरु गरेका भुसाल आफु जन्मेको जन्म स्थल भेडावारीमा अझै सम्म मोटरबाटोको बिस्तार हुन् सकेको छैन। अहिले पनि उक्त क्षेत्रमा कोहि बिरामी परेमा पिठ्युमा ,डोको र स्टेचर मा बोकेर अर्लिबांग सम्म पुर्याउने अवस्था रहेको छ। यस अर्थमा भुसाल सन्धिखर्कको मेयर पदमा जित हाँसिल गरे पक्कै पनि पालिका भित्र रहेका हरेक जनता का समया हरु लाई समाधान गर्ने छन् भन्ने बिषयमा दुई मत नभएको स्थानीय हरुको भनाई रहेको छ।
धेरै लामो समय सम्म अरबको खाडीमा रोजगारी गरेर फर्केका युवा नेता भुसालमा आम युवाहरुको मनोभावना र पालिका भित्र रहेका हरेक बिषयका समस्या हरुको नजिक बाटै नियालेर समाधान गर्न सक्ने र समृद्व पालिका बनाएर आफुले देखाउन सक्ने भिजन र क्षमता भएको उनि बताउछन। साथै सन्धिखर्क बाट मेयर पदमा आफुले सहजै जित हासिल गर्ने उहाँले बताउनु हुन्छ ।