


चेतन बिष्ट, जितपुर । हैटौँडामा दुइ वर्ष अघि भएको सुस्मिता हत्याकाण्डमा जसरि कानुनी प्रकृया अघि बढेको छ माइती पक्षले त्यस माथि घोर आपत्ति जनाएको छ । निकै क्रुर प्रकृतिले हत्या गरेको प्रमाण प्रसस्त हुँदा हुदै पनि दोषी लाइ उचित सजाय दिनुको सट्टा पीडित पक्ष लाइ नै अनावश्यक दुख दिएको भन्दै अदालत र न्यायधीशमाथि नै पीडित पक्षले आक्रोश पोखेका हो ।
आज मङ्गलवार कपिलवस्तु बाणगंगा ८ को सभाहलमा गरिएको पत्रकार सम्मेलनमा सुस्मिताका बुबा कृष्ण क्षेत्री, आमा गंगा क्षेत्री र ठुलो बुबा हेम बहादुर खड्काले पिडक पक्षले नै हत्या गरेको भन्दा भन्दै पनि उनिहरुलाइ उचित सजाय नदिएर आफुहरुलाइ नै दुख दिएको भन्दै आक्रोस पोखेका थिए ।
” नेपालमा न्याय पाउनको लागि पहुँच नै चाइने हो र ? अपराधी ले अपराध स्विकार्दा समेत किन सजाय दिदैन ? यति टाढा देखि हामिले अदालत कति धायौ तर न्यायाधीशहरुले आलटाल गरिदिन्हुन्छ ” सुस्मिता को आमाले भन्नुभयो ।
पत्रकार सम्मेलन को क्रममा सुस्मिता को ठुलो बुवाले भन्नु भयो ” हामिलाइ पेशि तोकियो आउनुहोस् भन्दै फोन आउछ, हामी यति टाढा देखि जान्छौं तर पेशी तोकेकै दिन न्यायधीश हुनुहुदैन अब अर्को पेशि तोकिन्छ भन्नुहुन्छ , वास्तममा न्यायाधीश भाग्नुहुन्छ कि भगाइन्छ ?” उहाले आक्रोश पोख्दै प्रश्न गर्नु भयो ।
मुद्दा विचाराधिन रहेकोले केहि बोल्दा अदालतको मानहानी हुन्छ कि भनेर यो २ बर्ष चुप बसेक तर घटना लाइ नै अर्कै तिर मोड्न खोजेको आरोप समेत पिडित पक्षले लगाएको छ ।
पुनः सुस्मिता को ठुलो बुवा ले भन्नु भयो ” अब यहाको अदालत ले हामिलाइ न्याय दिदैन भने सबै प्रमाण लिएर हामि अन्र्तराष्ट्रिय अदालत जान्छौं, अनि त कस्सो न्याय नपाइएल ।” उहाँले भन्नुभयो ।
बारम्बार हेटौदा अदालत जादा धेरै नै दुख पाएको र खर्च पनि अत्याधिक भएको भन्दै कानुन अनुसार मिल्छ भने उक्त मुद्धालाइ रुपन्देही वा अन्य छिमेकि जिल्ला तिर सारिदिन पीडित पक्षले अनुरोध समेत गरेको छ ।
कपिलवस्तुबाट विबाह गरी हेटौँडा गएकी सुस्मितालाई हेटौंडामा गत २०७७ असार १ गते परिवारका सदस्यहरुले हत्या गरेका थिए । उक्त मुद्दामा सुस्मिता का ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया नन्द सीता थापा सामेल थिए । अहिले उनीहरुलाइ कारागारमा राखिएको छ ।
मुद्दामा भैरहेको कानुनी प्रक्रिया माथि पिडित पक्ष निकै असन्तुष्ट रहेको छ । यसरि मुद्दाको पेसि सारिरहदा घटनालाई कतै तोढमोड गर्ने काम त भैरहेको छैन ? सङ्का उत्पन्न भएको छ ।