हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

एमाले कपिलवस्तुले १० वटै पालिकामा उमेदवार टुङ्गो लगायो

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुले आज जिल्लाका १० वटै पालिकावाट मेयर उपमेयर र वडाका अध्यक्ष एवम सदस्यको उम्मेदवारी सिफारिस गरेकोछ । कपिलवस्तुका एमालेको पकड मानिएका बाणगंगा, विजयनगर, कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका देखि प्रभाव कम भएका अन्य पालिका समेतवाट मेयर उपमेयरमा कम्तीमा ३ देखि बढीमा ११ जना सम्मको नाम सिफारिस भएको छ ।बाणगंगा नगरको उम्मेदवार सिफारिस गर्न बसेको बैठकलाई संबोधन गर्दै एमालेका केन्द्रिय नेता एवम कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले एमालेको सबै भन्दा राम्रो पक्ष जतिपनि नेता आकांंक्षी देखिनु भएको छ सबैले आफूले पाएपनि नपाएपनि सन्तुष्ट रहने र निर्णय आएको ५ मिनट भित्रै पार्टीको काममा सकृयतापूर्बक लाग्ने वताएकाले जीत एमालेको सुनिश्चित रहेको दावि गर्नु भयो ।
१० बटै पालिकावाट सिफारिस भएका उम्मेदवार मध्ये वडाध्यक्ष सम्मको जिल्ला कमिटीले चैत्र मसान्त भित्र टुंंगो लगाउने छ भने मेयर उपमेयरको ३० गते भित्रै जिल्लाले सिफारिस गरि प्रदेश कमिटी समक्ष पठाउने छ । बणगंगावाट मेयरमा ६ जना सिफारिसमा परेकोमा पार्टीको प्रदेश कमिटीमा रहेका धेरै नेता रहेका छन् । जस अनुसार प्रदेश नेता एवम कपिलवस्तुका पूर्व अध्यक्ष झविलाल पोखरेल , कृष्ण पौडेल, चक्रपाणी अर्याल , जंजिर थारु , सूर्य कुमारी शाही सिफारिस भएका छन् । ती सबै प्रदेश कमिटीका सदस्य हुुन। जिल्ला स्तरको नेतामा विश्वको कार्की मात्र सिफारिसमा परेको वताइएको छ ।

एमालेका अधिकांस केन्द्रिय र प्रदेश नेता बाणगंगामा रहेकाले यहाको मेयरमा आन्तरीक प्रतिस्पर्धा गर्ने पनि जिल्ला भन्दा माथिल्लो कमिटीका नेता नै हुनु स्पभाविक रहेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले वताउनु भयो । उता शिवराजमा मेयरमा अर्जुन केसी, महादेव पोख्रेल, र लोकेन्द्र पौडेलको नाम सिफारिस गरिएको छ भने , विजयनगरको अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation