दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

एमाले कृष्णनगरले मेयरमा ४ जना उम्मेदवार सिफारिश गर्यो

कपिलवस्तु । वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट कृष्णनगर नगरपालिका मेयरको उम्मेदवारका लागि ४ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ ।

मंगलवार  बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको एमाले कृष्णनगर अध्यक्ष संदिप कुमार मौर्यले जानकारी दिनु भयो ।

कृष्णनगर मेयर पदका लागि आकांक्षी मिर्जा राशिद बेग, कुनाल प्रताप शाह, शिव प्रसाद जयसवाल, अन्नु श्रीवास्तवको नाम सिफारिस गरेको अध्यक्ष मौर्यले जानकारी दिनु भयो ।

मेयर पदका आकांक्षि मिर्जा राशिद बेग राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य हुन भने अर्का आकांक्षी कुनाल प्रताप शाह हालै नेकपा एमालेमा राष्ट्रीय अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए ित्यस्तै शिव प्रसाद जयसवाल नेकपा एमाले कृष्णनगरका नगर इन्चार्ज तथा नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य हुन ।

त्यस्तै उप मेयर पदको लागि विमिलेश मौर्य र सहरून निशाको नाम सिफारीस गरेको छ । त्यस्तै उप मेयर पदको लागि विमिलेश मौर्य नेकपा एमाले वडा कमिटी सदस्य हुन भने सहरून निशा नेकपा एमालेका कृष्णनगर नगर कमिटी सदस्य हुन  ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation