वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

पानस डिजिटलको प्रस्तुतिमा गायिका मेनुका सोनीको ‘तिमी मेरै परान’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा पानस डिजिटलको  प्रस्तुतिमा गायिका मेनुका सोनीको ‘तिमी मेरै परान’ बोलको गित डिजिटल बजारमा रिलिज भएको छ, लोकप्रिय गायक तथा सर्जक कुलेन्द्र विश्वकर्माको आवाज रहेको सुमधुर गीत तिमी मेरी परान भर्खर मात्र युटुवमा सार्वजनिक भएको हो ।
दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय विश्वकर्माले करोडौं दर्शक बनाउन सफल धेरै गीतहरूमा सुमधुर आवाज दिइसकेका छन । राजु सुनामको शब्द तथा रञ्जित परियारले लय सिर्जना गरेको गितमा गायक कुलेन्द्र विश्वकर्मा र गायिका मेनुका सोनीको सुमधुर आवाजले दिएका छन् ।

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको म्युजिक भिडियो समेत दमदार बनेको छ । सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको अभिनय रहेको गीतलाई निशान बानियाँले निर्देशन गरेका छन ।

गितको म्युजिक भिडियो अत्यन्तै आकर्षित र लोभलाग्दो वनेको छ उक्त गितको म्युजिक भिडियो Panas Films को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation