हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

सधै पर्दा पछाडी रहेर अरुलाइ क्यामेरामा उतार्न खप्पिस छायाँकार नबराज उप्रेतीले आश्मा गिरीसंग स्क्रिन रोमन्स गरे

पछिल्लो समय सांगीतिक क्षेत्रमा धेरै गीतहरु बजारमा आएको छन् । त्यस मध्यपनि यो शुक्रबार १५ वटा भन्दा बढी गीत एकै दिन रिलिज भएका छन् । यसले गर्दा झन ठुलो प्रतिस्पर्धा भएको महसुस गर्न सकिन्छ । सोही क्रममा स्टुडियोको ब्यानरमा “साँचो माया” बोलको गीत डिजिटल बजारमा सार्बजनिक भएकोको छ।

यस गीतमा गायिका अस्मिता अधिकारी र राजु सेन्चुरीको स्वर रहेको छ भने शब्द, संगीत राजु सेन्चुरी र संगीत संयोजन बिशाल निरौलाको रहेको छ। सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीतलाई मुकारुङ्ग मुस्कान राइले मास्टरिङ्ग गरेका हुन्।

नेपाली सांगीतिक क्षत्रका सु – प्रसिद्ध छायाँकार नबराज उप्रेती र मोडेल आश्मा गिरीको अभिनय रहेको उक्त गीतको भिडियोमा प्रविन भट्टको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, बिमला तामाङ्गको श्रृगार, शिव शरण न्यौपानेको छायांकन, मौसम हिमालीको कोरियोग्राफी तथा प्रकाश भट्टको निर्देशन रहेको छ।

सधै पर्दा पछाडी रहेर अरुलाइ क्यामेरामा उतार्न खप्पिस छायाँकार नबराज उप्रेती यस पटक आफै मोडेल बनेर आश्मा गिरीसंग स्क्रिन रोमन्स गरेका छन् । गीतमा माया प्रेमका साथै सुन्दर दृश्यहरुलाइ भरपुर कैद गरिएको छ। सधै अरुले स्क्रीनमा रोमान्स गरेको हेर्ने यस गीतका मोडेल उप्रेती आफैमा एक कुशल मोडल भएर यस गीतमा रोमान्स गरिरहेको हेर्न पाइन्छ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation