हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

ट्याक्टरले किच्दा अर्घाखाँचीको पाणिनिमा एक बालिकाकाे ज्यान गयो

अर्घाखाँची ।अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं ८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाकाे ज्यान गएकाे छ ।

अर्वका आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षिया बालिका नमुना कुमाललाई लु २ त ९३७१ नम्वरकाे ट्याक्टरले किचेकाे र उनकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

ट्याक्टरमा बसेर बिद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेकाे र ट्याक्टरकाे बिचकाे टायरले किचेकाे प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अर्बका आधारभुत विद्यालयका शिक्षक पदम पाैडेलका अनुसार बिहान करिव ९ बजेतिर दुर्घटना भएकाे हाे । मृतक बालिका परीक्षा दिनकाे लागि बिद्यालय आउदै थिइन ।

बिद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेकाे र ब्रेक लगाउदा लगाउदै विचकाे टायरमा टाउकाे परेकाे स्थानियले बताए । ट्याक्टर र चालकलाई प्रहरिले नियन्त्रणमा लिईसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation