लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

ब्राउन सुगरसहित बाँके बाट एक जना पक्राउ

बाँकेमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

कोहलपुर नगरपालिका-१२ का ३० वर्षीय मुन्ना भन्ने जगत केसीलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

मंगलबार कोहलपुर नगरपालिका रोहिनी खोलास्थित सडक खण्डमा ब्राउन सुगर कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले केसीलाई पक्राउ गरेको हो।

प्रहरीले चेक गर्ने क्रममा केसीको साथबाट ८० ग्राम ब्राउन सुगर फेला पारेको हो।

प्रहरीले उनलाई भे १२ प. २९० नम्बरको  स्कुटरसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation