लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

प्रशन्ताको शुत्र हामी भित्रै छ

न तपाइले सोचे जस्तो गरी समयले साथ दिन्छ । न तपाइले भने जस्तो गरी साथि भाइहरुले साथ दिन्छन । न तपाइले भनेका कुराहरु अरुले सजिलै विश्वास गर्छन । न तपाइको सोचाइ नै हिजोको जस्तो आज छ । भनौ न, आजको मौसम अरु दिनको जस्तो छैन । तपाइ आफ्नो आत्मा सम्मानका लागि हरतरहले ज्यान दिने सोचाइ गर्नुहुन्छ । जिवनमा तपाइले आफ्नो आत्मा सम्मानका लागि कति साहास गर्नु भयो । तपाइ आफुले आफैलाइ सम्मान गर्न सक्नुपर्छ र सिक्नुपर्छ । समाजमा आत्मा सम्मान नभएकालाइ अरुले सधैं धोका दिन्छन । तपाइको आत्मा सम्मानको मात्र अरुले स्वागत गर्छन । अरुले तपाइको भाउ दिएनन भने तपाइमा आत्मा समान छैन भन्ने बुझे हुन्छ । नर्सरी कक्षाका नानीहरु आफुलाइ सर्बश्रेष्ठ मान्छन । ति बालकहरुले तपाइलाइ उच्च दर्जाको समान दिन्छन । तर हामीले बालकलाइ सन्त महन्त मानेर उसका कुराहरु राम्ररी सुन्नु पर्छ । जिवनमा तपाइलाइ सुन्नेहरुसंग मात्र सम्बन्ध बढाउनोस । सामाजिक अन्तरसम्बन्ध भनेको आफैले आफुलाइ सम्मान गरे पछि मात्र अरुले तपाइलाइ सम्मान गर्छन भन्ने हो । तपाइ हामीले खोजेर पनि जिवनमा नभेटाएका कुराहरु के के छन के के छन । हामी अरुलाइ खुशि बनाउनका लागि चाहि आफ्नो स्वाभाव भन्दा ठिक उल्टा बनेर बसेका छौ । हामी सधै अरुलाइ खुशि पार्नु मात्र जिवन हो भन्ठान्छौ । यसरी नै हामीले जिवन विताइ रहेकाछौ । श्रीमतिहरुले श्रीमानलाइ खुशि पार्ने, कर्मचारीहरु हाकिमलाइ खुशि पार्ने, खलासि डाइभरलाइ खुशि पार्ने आदी गरेरै जिन्दगि वितिरहेको छ । तर यसले त हामीलाइ दुखित मात्र बनाउदछ । हामी सधैं आफुलाइ अरुका लागि राम्रो देखिने काम गर्छौ । यसरी हामी आफैसंग भिड्न नसकेर हार खाएका छौ भने अरुसंग भिड्न कसरी सकिन्छ र ? हामी सधै दुख पाउने कारणहरु मात्र खोज्छौ र यसमा रमाउछौ, त्यसैले दुख पाएका छौ । म फलानो जस्तो हुन सकिन भनेर हामी दुखी भएका छौ । हामीले गरेका हाम्रा सबै गल्ति असफलता कमजोरी आदी स्वीकार गर्न सक्नु पर्छ । कथा शुरु भयो : मोवाइलको चलन नभएको बेला एउटा पसलमा एउटा १२ / १४ बर्षको केटा जान्छ र साहुसंग अनुमति लिएर ल्याण्ड लाइन फोनबाट कुरा शुरु गर्छ । केटो फोन डायल गर्छ । अर्को तर्फबाट महिला बोलेको सुनिन्छ । केटो भन्छ नमस्कार मेडम । हजुरको घरमा ७ दिन अगाडी एउटा काम गर्ने केटा खोज्नु भएको रहेछ । त्यो काम गर्ने केटा मलाइ राख्नोस न । मेडम भन्छे त्यो केटा राखि सकें । केटा भन्छ, मेडम उ भन्दा त म राम्रो काम गर्छु नी, म थोरै पैसामा धेरै काम पनि गर्छु । उ भन्दा म अगान र बारीहरु पनि सफा गर्छु । मेडम भन्छिन होइन राखेको केटा नै ठिक छ । केटा भन्छ हेर्नोस मेडम म भोकै र नाङ्गै छु जसरी पनि मलाइ सानो काम गर्ने मौका त दिनोस । म बरु त्यो केटा भन्दा आधा तलवमा काम गर्छु । मेडम भन्छे हुदैन किनभने अहिलेको काम गर्ने केटाको विकल्प म खोज्न चाहान्न । तिमी अन्तै काम खोज । फोन गर्ने केटाका यस्ता विलौनाका जवाफ सुने पछि फोन पसले भन्छ, हेर भाइ तिमीलाइ काम चाहिएको रहेछ । तिमी मेरोमा नै काम गर न त ? म तिमीलाइ राम्रो काम दिन्छु । पसलेको यो कुरा सुने पछि सानो भाइ भन्छ, मलाइ हजुरको पसलमा कुनै काम चाहिएको छैन । र म अन्त कतै कुनै काम पनि गर्दिन । म त ति मेडमकोमा नै गत हप्ता देखि काम शुरु गरेको त्यहि केटा हो । मेरा बाबाले मलाइ मेडमकोमा पुराइ दिनु भए पछि आज सम्म मैलै मेडमकोमा बोल्दै नबोलि काम गरी रहेको थिए । आज चाहि मैले तपाइको फोनबाट मेरो काम कस्तो रहेछ भनेर आफै जाच गरेको हो । जे होस मेरो काम राम्रो नै रहेछ । आधा तलवमा अरु काम गर्न आए पनि मेडमले मलाइ नै रुचाउनु भएको रहेछ । फुच्चेको यो हिम्मत देखेर पसले छक्क पर्छ । सानो भाइ भन्छ म उसैकोमा काम गर्छु । अथवा आफैलाइ सम्मान दिन थाल्नोस । तपाइ नै उत्कृष्ठ बन्नु हुनेछ ।
जिवनमा धैर्य गर्नेहरुले ढिलै भए पनि सफलता हात पारेका हुन्छन । धैर्य गर्ने बानीले चिताएका राम्रा कुराहरु पाइन्छ । तपाइले जिवनमा गुमाएका कुराहरु धैर्यले मात्र फेरी पाउन सकिन्छ । जिवनमा धैर्य बनाइ राख्नेहरुकोे मानसिक स्वास्थ्य राम्रो भएको पाइएको छ । धैर्य गर्नेका राम्रा साथिहरु र छिमेकी पनि राम्रा पाइएको छ । धैर्यले टाढाको गन्तव्य पनि भेटाउन मद्धत गर्छ । तर धैर्यले अवश्य पनि सुन्दर प्रतिफल निकाल्छ भन्ने कुरामा आफै पक्का विश्वासमा हुनुपर्छ । तर हामी कतै विचमा भाचियौ भने धैर्यले काम गर्दैन । जस्तो कुनै कामका लागि लाइनमा बस्दा अरुको काम बन्छ तर तपाइको काम नबन्न सक्छ । तपाइको लाइन बसेको पालामा बैंकको पैसा नै सकिन्छ । युरीया मल लिन भोलि मात्र आउनु भन्छ । धैर्य गर्दा तपाइको अहंकार भेटिनु सुक्नु र धुलिसाफ बन्नु पर्छ । धैर्यले खुशि बनाउदछ र टाढा भएका कुराहरु नजिक ल्याउदछ । धैर्य विपरितका कुराहरु छाड्न सक्नु पर्छ । धैर्य बाहेक अरु सबै कुराहरु छाड्नु पर्छ । जिवनमा एउटै घटनाले सबै कुराहरु मिल्दैन पनि । आफु हुनको तृष्णा छाडे पछि मात्र धैर्य सप्रन्छ ।
प्रशन्ताको शुत्र हामी भित्रै छ । अरु त यसका कारण मात्र हुन । केराको स्वाद मिठो होइन हामो जिव्रो नै मिठो छ । केराको स्वाद मिठो हुने भए त सबैले केरा मन पराउदथे तर कतिपय मान्छेहरु केरा मन पराउदैनन् । हामीमा निलो मन रहेको छ । तर हामी त्यसलाइ खोज्दैनौ । यो निलो मन भन्ने समुन्द्र विज्ञानको शब्द हो । अथवा समुन्द्रको पानी जस्तै निलो मन हो । हाम्रो लगाव निलो पानीसंग छ । हामीलाइ पानीको निलो दहको छेउमा बस्दा कति मज्जा आउछ । हिडेर रुपाताल वेगनासताल वरीपरी घुमेर हाइकिङ्ग गरेका दिन तपाइको मनमा निलो आनन्द आउछ । हाम्रा आचार विचार सोच भोगाइ सबै पानीको स्वाभावसंग मिल्छ । निलो दह देखेर हामी भित्र किन रमाइलो लाग्छ त ? हामो शरिरको रसायनसंग पानीका सबै कुराहरु जोडिएका छन । सबै जिवहरुको पानीसंग गहिरो मनोबैज्ञानीक सम्बन्ध हुन्छ । हामीले पानी पिउनु पनि पानीलाइ साथि बनाउनु नै हो, सगै बसौ भने कै हो । पृथ्वि र मानव शरिरमा ७० प्रतिशत पानीको भाग छ । उम्लेको पानीमा छाँया देखिन्दैन । पानी जति शान्त हुन्छ त्यति नै बस्तुको सफा दर्पन छाया देखिन्छ । हामी पनि शान्त पानी बनेका दिन हामी आफैले आफनो प्रसन्नता भेट्छौ । निलो मनले अरुले तपाइ हारेको फन्दामा परेको देख्नेहरुबाट जिन्दगिमा विजय पाउनु हुनेछ । प्रसन्न भएर मुस्कुराएर हिड्नु नै तपाइको जित हो । तपाइको प्रशन्नता नै तपाइका शत्रुहरुको स्वाभाविक हार हो । तपाइ र उनिहरु शत्रु र मित्रु बन्नुको पनि कारणहरु हुन्छन । सबैलाइ मित्रु बनाउने शुत्र चाहि भगवानले पनि भेट्दैनन् किनकि भगवानका पनि आफ्नै शत्रुहरु छन हामी तपाइका जस्तै ।
(लेखका लागि सबै प्रकारका सन्दर्भहरु प्रति आभारी छु ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation