कपिलवस्तुकाे शिवराज नगरपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएकाे छ । थारु युवा सञ्जाल शिवराज नगर कमिटीको आयाेजनामा बुधबार चन्द्राैटामा कार्यक्रम गरिएको छ ।
शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले कार्यक्रमलाई सम्बाधन गर्दै सबै जातजाति र भाषिक समुदायलाई समावेशी तरिकाले अगाडि बढाउनुपर्ने बताएकी छन् । नयाँ बर्षकाे शुभकामना दिँदै बसन्त ऋतुसँगै मानव जातिका पछाडि परेका र पारिएकाे समाजमा जाेश जाँगर पलाउने बताइन् ।
विशेषगरी थारु समुदायकाे नेतृत्व गर्दै आएकाे अग्रजलाई सम्मान गर्ने समेत उनले जनाइन् । देश र जनताकाे सेवामा अहाेरात्र खटिएकाे जनाउँदै आगामी स्थानीय तहकाे निर्वाचनमा नेतृत्व लिन तयार रहेकाे प्रमुख थारुले जिकिर गरिन् ।
यसैबीच शिवराज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राम बहादुर चाैधरीले आफू जनताकाे सेवककाे रुपमा काम गरेकाे दावी गरे । निर्माण भएका संरचना समेत ताेडफाेड हुँदै आएकाे अपराधीक गतिविधिलाई नियन्त्रण गर्न सफल भएकाे उनले बताए ।
त्यसैगरी शिवराज नगरपालिका भित्र रहेका सक्रिय रहेका दर्जनाैँ युवाहरुकाे सहभागिता रहेकाे युवा सञ्जालले जनाएकाे छ । साथै नेकपा एसबाट शिवराजका उमेदवारकाे चर्चामा रहेकी सम्झना थारु, जनता समाजवादी पार्टीकाे शिवराज नगर उपप्रमुख पदकाे चर्चामा रहेकी प्रमिला थारु, थारु कल्याणकारीणी सभाका शिवराज नगर सभापति इन्द्रबहादुर थारु र सिताराम चाैधरी लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।