लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

शिवराजमा निशुल्क आँखा शिविरमा ३५० जना लाभान्वित

कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकामा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नगरपालिकाको वडा नम्बर १ शिवगढी इंग्लिश स्कूलमा भएको शिविरमा ३५० जनाले आँखा जाँच गराएका छन् । श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा भएको उक्त शिविरमा २७ जना लाई मोतिया बिन्दुको शल्यकृया गर्नु पर्ने देखिएको र १६ जनालाई तत्काल शल्यकृय को लागि पठाइएको आयोजकले जनाएको छ ।

सत्य साई संगठन नेपाल राष्ट्रिय परिषदका संयोजक राज कुमार गुरुङले मानव सेवा नै सबै भन्दा ठुलो सेवा बताउँदै उक्त शिविर आयोजना गरेको बताउनुभयो । शिविरमा नागरिकहरुको अत्याधिक सहभागिता रहेकोले आँखा शिरिरको महत्वपूण अंग रहेकोले यसमा लापरवाही गर्न नहुने बताउनुभयो । परिषदले सबै क्षेत्रमा रहेर समाजसेवाको काम गरिरहेको बताउँदै विशुद्ध सेवामा आफुहरु तल्लिन रहेको जिकिर गर्नुभयो । यस्तै कार्यक्रम मा बोल्दै प्रदेश अध्यक्ष प्रकाश भट्टराईले शिविरमा स्थानीय संघ सस्थाहरु महत्वपुर्ण सहयोग रहेको बताउनुभयो ।

उक्त आँखा शिविर कार्यक्रम साई बाबाको फोटोमा माल्यापर्ण गरि क्लब अफ कपिलवस्तुका अध्यक्ष राजकुमार क्षेत्रीले कार्यक्रम को उद्घाटन गर्नु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सांसद अर्जुन कुमार केसी, नगर उपप्रमुख शिव कुमारी थारु रोटरी का पूर्व अध्यक्ष टोपलाल पोख्रेल प्रकाश पौडेल रोटार्याक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष शिशिर पोख्रेल समाज सेवी बुद्धिजीवी स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation