– अम्बिका अर्याल
मिठाे झङ्कार मनमा चाेपेर गयाै
मादकताले उस्तै हृदय घाेपेर गयाै ।
सुन्दर सपना बनी कसरी स्मरणमा
निमेषमै माेह जीवनकाे काेपेर गयाै ।
म बाँच्छु तिम्रै माेहले रमाइ फूर्तिमा
शान्तिका अनेक लहर खाेपेर गयाै ।
काे लान्छ के याे दुनियाँमा सँगसँगै
हरेकका अहम् र स्वार्थ छाेपेर गयाै ।
अपूर्ण हुन्छ धर्मकाे धार तिमीबिना
संसारभर बुद्धत्वकै ज्ञान राेपेर गयाै ।
– गोर्खा हाल : काठमाण्डौ