हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

तिलोत्तमामा विष सेवनबाट एक युवतीको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा–२ भेटनरी लाइनमा गए राति एक युवतीको विष सेवनबाट मृत्यु भएको छ । बुधबार राति करिब पौने दश बजेको समयमा स्थानीय २९ वर्षीया अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको हो ।

अमृताको मृत्युसँगै उनको माइति पक्षले श्रीमानबाटै हत्या भएको भन्दै कारबाहीको मागसहित अमृतको घर घेराउ गरेका छन् । विष सेवन गरी घाइते भएकी अमृतालाई उनका श्रीमानले नै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठक बहादुर केसीले बताए । ‘माईति पक्षबाट श्रीमानले नै हत्या गरेको भन्ने आरोप छ, सोही आधारमा उनका श्रीमानलाई पक्राउ गरेका छौं ।’– केसीले भने, आफन्तले विरोध गर्दै घर घेराउ गरेको भन्ने छ, अनुसन्धान अघि बढ्छ ।
अमृताका आफन्तले घटना रहस्यमयी भएको भन्दै हत्याको दाबी गरेको छ । मृतकका दाजु पर्ने एक आफन्तले ग्लोबल आवाजसँग भने,–‘अमृताले बुधबार राती करिब साढे ९ बजेको समयमा आफ्नो दाजुलाई बचाउन अपिल गर्दै म्यासेज लेखेको थियो । म्यासेज आएको जानकारी हुनासाथ कुरा बुझ्दैजाँदा करिब १५ मिनेटपछि अस्पतालमा मृत्यु भएको खबर आयो ।’, उनले अघि भने, ‘उनले (अमृता) ले आफै विष सेवन गरकोभन्दा पनि श्रीमानले विष खुलाएको हुनसक्छ, अस्पतालले पनि त्यहाँ नपुग्दै मृत्यु भएको उल्लेख गरेको छ भने अमृताको डायरीमा रहेको अन्तिम पाना च्यातिएको छ, त्यसले केही रहस्यहरु लुकाएको हुनसक्छ ।’

अमृताका आफन्तले घटनाको सत्यतथ्य छानविन हुनुपर्ने तथा दोषिमाथि कडा कारबाहीको माग गर्दै अमृताको घरअगाडी विरोध प्रदर्शन गरेका छन्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation