


सुनिल आचार्य ।
भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुले जग्गाको लिखत पारित शत बार्षिकीको अवसरमा बिभिन्न कार्यक्रमहरु गरी मनाई रहेको छ । बि.सं. १९७९ साल बैशाख १ गते देखि पोत रजिष्ट्रेसन अड्डाको जग्गा जमिनको किन बेच शुरु भएको थियो ।
बि.सं. ०७९ बैशाख १ गते १ सय बर्ष पुरा भएको अवसरमा भूमि ब्यबस्था सहरी तथा गरिवी निवारण मन्त्रालय , भुमि ब्यबस्थापन तथा अभिलेख बिभाग र देश भरका सम्पुर्ण भूमि सुधार तथा मालपोत कार्यालयले २०७८ चैत ३० गते , ०७९ बैशाख १ र २ गते भब्य रुपमा शत बार्षिकी मनाउने कार्यक्रम अनुसार भूमि तथा मालपोत कार्यालय कपिलवस्तुले सरसफाई गरि मनाएको छ ।
सो अवसरमा भुमि सुधार तथा मालपोत कार्यालय परिषर , लेखापढी र नापी कार्यालय परिषरमा सरसफाई गरी भब्य रुपमा शत बार्षिकी सम्पन्न गरिएको भूमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका प्रमुख ऋषिराम पौडेलले बताउनु भयो ।
सो अवसरमा ८४ बर्षिय लेखापढी ब्यवसायी दिनानाथ मिश्रालाई सम्मान गरिएको छ । टीका ,माला र दोसल्ला ओढाएर भुमि सुधार तथा मालपोत कार्यालयका प्रमुख पौडेलले सम्मान गर्नु भएको लेखापढी कानुन ब्यबसायी एशोसियसनका अध्यक्ष बिष्णु प्रसाद मौर्यले बताउनु भयो ।
कार्यक्रम ३ दिन सम्म मनाईने छ । पहिलो दिन कार्यालयको परिषर सफा गरिएको र साझ कार्यालयमा दिप प्रज्वलन गर्ने , प्रचारप्रसार गर्ने र बैशाख २ गते मालपोत कार्यालयमा सेवा लिन आउने प्रथम सेवाग्राहीलाई समेत सम्मानित गर्ने कार्यक्रम रहेको मालपोत कार्यालयका प्रमुख पौडेलले बताउनु भयो । जेष्ठ लेखापढी ब्यवसायी दिनानाथ मिश्राले सम्मान गरेको भन्दै मालपोत कार्यालयलाई धन्यवाद दिनु भयो ।