चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने                
समाचार :

नववर्षारम्भ जानकारी  

 काठमाडौं । मिति २०७९ साल वैशाख १ गते विहिबार नल नाम संवत्सर सूर्यनारायण उत्तरायण,बसन्तऋतु चैत्रशुक्लपक्ष त्रयोदशी तिथी राती २ / ५३ बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथी आरम्भ ,पूर्वफाल्गुनी नक्षत्र प्रात: ८ / ३७ बजेसम्म त्यस उप्रान्त उत्तरफाल्गुनी नक्षत्र ,वृद्धी योग,काैलव करण यो दिन प्रात: ११ / १३ बजेदेखि सूर्य भगवान मीनराशि बाट मेषराशिमा प्रवेश गर्नुहुने,चैत बितेर बैशाख लाग्ने छ।यो महिनाको देवता मधुसूदन , देवी मोहिनी र भानु: नामको सूर्य रहनु हुनु हुनेछ भने मेष राशिमा सूर्य:,सिंह राशिमा चन्द्रमा र मीन राशिमा वृहस्पति गुरू: रहनु भएको हुनाले यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।याे वर्ष राक्षस नाम गरेकाे संवत्सर भएकाे हुनाले अल्पवृष्टि हुनाले अनाज उत्पादनमा कमी हुनेछ।समाज निर्दयी हुनेछ।राेगभय र महँगीले जनता अाक्रान्त हुनेछन्।

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो ।यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो ।यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ ।यस पात्रोमा वर्षको सुरूवात बैशाख महिनाको पहिलो दिनबाट हुन्छ ।विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् ।राजा विक्रमादित्यले सुरुवात गरेको विक्रम सम्बतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो ।
ब्रह्मपुराणले चैत्रशुक्ल पतिपदाबाट सृष्टि आरम्भ भएको मानेको छ भने ज्योतिषमा चान्द्रमासको आधारमा चैत्रशुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ यता भारतका प्रतापी राजा विक्रमादित्यका नामबाट चलेको विक्रम सम्वतमा सौरमासका आधारमा वैशाख महिनाबाट वर्ष सुरुहुन्छ।वैशाखको संक्रान्तिलाई नववर्ष प्रारम्भ भएको मानी नववर्ष विशेष पर्व हुनाले सम्पूर्ण सृष्टिका प्राणीहरुमा गास ,बास ,कपास सहजरुपमा प्राप्त होस् , भोक ,रोग ,शोक,अशिक्षा ,बेरोजगारी ,तनाव ,संकट ,बलात्कार,हत्या ,हिंसा ,आतङ्क कसैले पनि खेप्न नपरोस् ,सवै प्राणीहरुले कर्ममा निष्ठा भएर विचारमा दृढता आइ मन निर्मलता भै बुद्धिमा कुशाग्रताले छाएर संकारमा पवित्रताहुँदै हेर्ने दृष्टिमा समानता ,वाणीमा सत्यता ,व्यवहारमा सरलता ,प्रेममा निश्छलता ,आहारमा शुद्धता ,सत्कर्म ,सदाचार ,अनुशासन ,समझदार ,इमान्दार र जिम्मेवार भएर सवै प्राणीहरुको हित गर्नसकौं नववर्ष २०७८ सालको उपलक्ष्यमा भगवानले सृष्टि गर्नुभएको सम्पुर्ण जिवात्माहरुमा सुख ,शान्ति,समृद्धी,गाँस,बाँस,कपास प्राप्तहोस । दु:ख,भोक,रोग,शोक ,अशान्ति ,दरिद्रता छुटेर जाओस।सवै वसुधैव कुटुम्वकम भन्ने महान कार्यमा लागेर आफ्नो धर्म,संस्कृती ,रितिरिवाज ,चाडपर्व र देशको माया,ममतागरि रक्षा गर्नसकौं भनी भगवान श्रीलक्ष्मीनारायण समक्ष प्रार्थना गर्दछु।साथै सवैको जय होस,कल्याण होस,मंगल होस भन्ने कामनाको साथ शुभकामना व्यक्त गर्दछु।
पं-बालमुकुन्द देवकाेटा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation