हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

विप्लवका दुइ नेताद्वारा प्रचण्डसँग छलफल

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का दुई नेताहरुले बिहीबार नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले बिहीबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटे गरेका हुन् । चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरु प्रचण्डलाई भेटेका हुन।

‘नयाँ बर्ष २०७९को शुभकामना सहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग छलफल,’ भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहलसंग भेट सुस्वास्थ्यको कामना ।’ वली र बास्तोला दुवै स्थानीय चुनावमा जान नहुने पक्षमा छन्।

उक्त भेटबारे प्रचण्ड पनि बोलेका छन्। ‘मलाई खुसी लागेको छ, आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु,’ आफ्नै निवासमा आयोजित माओवादी ध्रुवीकरण कार्यक्रममा उनले भने, ‘र, मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ । सिंगै समूह नै एकतावद्ध होस् भन्ने हाम्रो कोशिस छ ।’ प्रचण्डले नेकपाका मूल नेतृत्वसँग एकताबारे छलफल गरे पनि पुनः माओवादीमै फर्किन लाज मानेको बताए ।

‘केही समयअघि मुख्य नेतृत्वसँग पनि ध्रुवीकरणबारे निकै गम्भीर कुरा गरिएको थियो,’ उनले भने, ‘तर हिजो अलि छिटै ठूलो हुने सपना, प्रचण्ड हुने सपना बोकेर हिँड्नु भएको केही साथीलाई अलिकति लाज भएको छ–फेरि त्यही जाने त भन्ने । क्रान्तिकारीहरुलाई त के लाजको कुरा हुन्छ र क्रान्तिकारी ध्रुवीकरण हुने कुरा । खुसीकै कुरा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation