दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

चन्द्रौटा खानेपानीको नेतृत्वमा चार जना आंकाक्षी

कपिलवस्तु-
चन्द्रौटा खानेपानी आयोजनाको उपभोतmा समिति निर्माणको लागी हुने निर्वाचनमा चार राजनैतिक दलका उम्मेदावार चुनावी मैदानमा उत्रने देखिएको छ । चैत्र १२ गते हुन गईरहेको निर्वाचनको लागी चार जना चुनावी मैदानमा उत्रने तयारीमा रहेका छन । निर्वाचनमा नेकपा एमालेवाट दमन प्रसाद भाट क्षेत्री , नेपाली कांग्रेसवाट केशव पाण्डे , नेकपा एकिकृत समाजवादीवाट जिवलाल पौडेल , जनता समाजवादी पार्टिवाट तौफिक खांनको नाम चर्चामा रहेको छ । चर्चामा रहेका नामहरुवाट नै उम्मेदावार वनाउने अन्तीम कसरमा राजनैतिक दलहरु लागी रहेको उनीहरु निकट श्रोतले दावी गरेको छ ।

नेकपा एमालेवाट उम्मेदावार वन्ने तयारीमा रहेका दमनप्रसाद भाट क्षेत्रीले आफुले निर्वाचनमा जित निकाल्नेमा विश्वस्त रहेको वताएका छन । उधोग वाणिज्य संघका महासचिव समेत रहेका भाट खानेपानीको नेतृत्व सम्हाल्न आफु तयार रहेको वताएका छन । नेपाली कांग्रेसवाट उम्मेदावार वन्ने तयारीमा रहेका पाण्डेले खानेपानी आयोजनाको सुरुवात देखिनै संस्थाको लागी काम गरिरहेकोले आफनो उम्मेदावारी स्वभाविक हुने वताएका छन । आयोजनामा देखिएका विभिन्न समस्या समाधानको लागी क्रियाशिल रहेको दावी गर्ने पाण्डेले आफुले नेतृत्व पाउनेमा आसावादी रहेको मोफसल खवरलाई वताएका छन ।

यता नेकपा एकिकृत समाजवादीवाट उम्मेदावारी दिने योजनामा रहेका जिवलाल पौडेल पनि चुनावी मैदानमा प्रतिस्पर्दा गर्न ईच्छुक देखिएका छन । आफु सामाजिक कार्यमा क्रियाशिल रहेको वताउने पौडेल खानेपानीको नेतृत्व गर्न सक्षम रहेको वताएका छन । उनले उपभोतmाको विश्वास आफु माथि रहेको वताउदै आएका छन ।

उता हाल अध्यक्ष रहेका तौफिक खाँन जनता समाजवादी पार्टिवाट पुन अर्को कार्यकालको लागी अध्यक्ष वन्ने दाउमा रहेका छन । पहिलो कार्यकालमा पुरा हुन नसकेका कामहरु सम्पन्न गर्न पुन उम्मेदावारी दिने तयारीमा रहेको वताएका छन । उपभोतmाले दोस्रो कार्यकालको लागी पुन आफुलाई विश्वास गर्नेमा विश्वस्त रहेका छन ।

निर्वाचनमा प्रतिस्पर्दाको लागी आंकाक्षीहरु देखिएपनि राजनैतिक दलहरुले आधिकारीक उम्मेदावारहरु भने टुङगाई नसकेको वताएका छन । कुल १४ सय २५ जना उपभोतmा रहेको खानेपानी आयोजनाको उपभोतmा समिती छनोटको लागी चैत १२ गते निर्वाचनको मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation