– दुर्गा क्षेत्री
बिना प्रेम जीवन चलेको कहाँ छ ?
गर्यौ घात भन्छ्याै दुखेको कहाँ छ ?
चितामा सजायाै तिमीले मलाई
थियो नाडी चल्दै मरेको कहाँ छ ?
भयो प्रेम खाेक्राे गर्यौ घात सानू
झर्यो आँसु यो मन बुझेको कहाँ छ ?
गयाै तर्किएर रुवाएर छाेड्याै
मेरो प्रेमकाे दीप निभेकाे कहाँ छ ?
बन्यो पाेखरी झैँ बगी आँसु मेराे
सँगी भन्छ आँखा भिजेको कहाँ छ ?
लडेको हुँ मित्र छ ठाडो मेरो शिर
अझैसम्म दुर्गा झुकेको कहाँ छ ?
– नवलपरासी