दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

सञ्चारकर्मीहरुमाथि प्रहरीबाट भएको हातपात र दुर्व्यहारप्रति नेपाल पत्रकार महासंघ रुपन्देहीको गम्भीर आपत्ति

नेपाल पत्रकार महासंघ रुपन्देहीले सञ्चारकर्मीहरुमाथि रिर्पोटिङमा खटिएको बेला प्रहरीबाट भएको हातपात र दुर्व्यहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका सचिव विनोद परियारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पत्रकार परिचय देखाउँदा पनि छातीमा समातेर पत्रकार चिन्दिन भन्दै प्रहरीले गरेको हातपात र दुव्यवहार खेदजनक भएको बताएका छन् । साथै महासंघ रुपन्देहीले पत्रकारहरुमाथि हातपात गर्ने, गालीगलौज र दुव्यंहार गर्ने प्रहरीलाई कारवाही गर्न माग समेत गरेको छ ।

‘महासंघ रुपन्देहीका सदस्यसँगै अन्य सञ्चारकर्मीहरुमाथि प्रहरीले लाठी प्रहार गरी घाईते बनाएको क्यामेरामा समेत क्षति पुगेकाले यस्तो कार्यको महासंघ कडा शब्दमा भर्त्सना गर्दछ । पहिचानसहित रिर्पोटिङमा रहेका पत्रकारहरुमाथि गरिएको हातपात तथा दुर्व्यवहार स्वतन्त्र पत्रकारिताको भावना र मर्म विपरित छ । स्वतन्त्रता पूर्वक रिपोटिङ गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै जिम्मेवार प्रहरी अधिकारीहरुबाट भएको निन्दनीय आक्रमणले स्वतन्त्र प्रेसमाथि प्रहरी संगठनको नियतमा समेत शंका उब्जाएको छ पत्रकारहरुमाथि हातपात गर्ने, गालीगलौज र दुव्यंहार गर्ने प्रहरीलाई कारवाही गर्न महासंघ जोडदार माग गर्दछ । ’– विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation