हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

श्रीपेच खोज्दै छु म


(कविता)

  • – उत्तम विचार

यौटा नायकका थिए पछि सबै चल्दै थियो शासन
थुप्रै नायकका बथान धुरिए ताकेर सिंहासन ।।
यो कस्तो नववाद हो मुलुकको आश्चर्य मान्दै छु म
राजा छन् गणतन्त्रमा पहिरिने श्रीपेच खोज्दै छु म ।।१।।

कालो हट्नु थियो हट्यो तर अझै आएन गोरो किन
कालाकै चलखेल यो मुलुकमा बढ्दो छ झन् दिन्दिन ।
हो कस्तो जडतन्त्र खास अहिले आएर बुझ्दै छु म
छन् राजा गणतन्त्र भन्नु कसरी श्रीपेच खोज्दै छु म ।।२।।

भुल्छन् मौसुफ सुन्दरी र छ सुरा चाहिन्न केही अरू
नाराकै भरमा चल्यो मुलुक यो होस् काम केही बरू ।
आस्थाका भगवान् पुगे सदनमा ठानेर पुज्दै छु म
थुप्रै भूपति जन्मिए मुलुकमा श्रीपेच खोज्दै छु म ।।३।।

नाङ्गो आङ त्यसै लुकाउनु कहाँ बर्कोविना लाजको
भोको पेट त्यसै अघाउनु कहाँ झम्टाइमा बाजको ।
को कस्ता अभियानमा सरिक छन् छामेर चिन्दै छु म
जन्मायो गणतन्त्रले नृप नयाँ श्रीपेच खोज्दै छु म ।।४।।

यस्तो नायक जन्मिओस् मुलुकमा नेपालको रक्षक
आऊन् डाक्टर नर्स शिक्षक मिली यो राष्ट्रका चिन्तक ।
बाटो मोड्न पुगेँ पछाडितिरको गन्तव्य रोज्दै छु म
आज्ञाले गणतन्त्रको हुकुमले श्रीपेच खोज्दैन्छु म ।।५।।

काठमाण्डौ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation