दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

राप्रपा कपिलवस्तुको चुनावी अभियान ठूला ३ दलको भन्दा तिब्र

कपिलवस्तु । राप्रपा कपिलवस्तुको चुनावी अभियान ठूला ३ दल एमाले कांग्रेस र माओवादीको भन्दा वढी आक्रमक देखिएकोछ । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) कपिलबस्तु क्षेत्र नम्बर १ बाणंगागा नगर कार्यसमितिले सबै वडामा एकै साथ चुनाव प्रचार प्रसार कार्यालय स्थापना अभियान तिब्र पारेकोछ । यसैक्रममा बाणगंगा नगरपालिका वडा नं.४ को गजेहडा चोकमा पार्टिको चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयको एक कार्यक्रका बीच पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाझि र जेष्ठ नागरिक पार्टीका नेता सम्मर बहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रायमाझिले आजकै दिनबाट पार्टीको निति बिचार एवम् नेतृत्वबाट गरिएको प्रतिवद्धतालाई जनताको घर दैलोसम्म पुग्न स्थानीय तहका नेताहरुलाई निर्देशन दिनुभएको छ । राप्रपालाई बिजय बनाउनु मुलुक बचाउने र बनाउने अभियान रहेको बताउँदै उहाँले राप्रपालाई मतदान गर्नु भ्रष्टचारबिरुद्ध सुशासन लागि मतदान गर्नु भएको दाबी गर्नुभयो । उक्त कार्यक्रममा नेपाली कांग्रेस र एमालेका क्रियाशिल सदस्य ४५ जना प्रवेश गरेका छन् ।
कार्यक्रममा राप्रपा नेता डा. माधव पन्थी, राजेन्द्र बिक्रम शाह लगायतले आ–आफ्नो बिचार राख्नु भएको थियो । सम्मर बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर सचिव नबराज घिमिरेले गर्नु भएको थियो । यसैबीच बाणगंगा नगरपालिका वडा नं.२, ३, ४, ५, १०, ११ र कपिलबस्तु नगरपालिकाको जहदीमा समेत पार्टी कार्यालय खोलिएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसंगै राप्रपाले कपिलवस्तु जिल्लाभर आफ्नै गतिविधिलाई तीब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation