लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

स्थानीय निर्वाचनमा कपिलवस्तु नगरपालिकामा कांग्रेस र एमाले बिच नै प्रतिस्पर्धा हुने

कपिलवस्तु । आउने बैशाख ३० गते हुने निर्वाचनमा कपिलवस्तु नगरपालिकामा कांग्रेस र एमाले बिच नै प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा २०७४ मा कांग्रेसले मेयर, उप मेयर र वडा नम्बर २,३,५,७,८,१० मा जितेको थियो । गत निर्वाचनमा पुर्व मेयर रामदास गुप्ता स्वतन्त्र रुपमा मेयरमा उम्मेदवार बनेका थिए । उनी ५ हजार ६३१ मतका साथ दोश्रोे भएका थिए । त्यस बेलाका एमालेका उम्मेदवार अब्दुल रउफ खाले २ हजार ४६१ मतका साथ चौथो भएका थिए । अहिले दुबैको मत जोडदा एमालेका उम्मेदवार मजबुत स्थानमा जाने देखिन्छ । गत निर्वाचनमा बुजेशका समर्थक र एमाले गरी ५ वडाध्यक्ष जितेका थिए ।

चुनाव रोचक हुने

आउने बैशाख ३० गते हुने निर्वाचन रोचक हुने भएको छ । एमालेबाट राजेश कुमार गुप्ताले टिकट पाए उनी र कांग्रेसका उम्मेदवार बिच नै प्रतिस्पर्धा हुने भए पछि सुदीप पौडल कुन पार्टी बाट चुनाव लडछन त्यसले पनि चुनाव रोचक बनोउने मतदाताहरु बताउछन ।

युवा माझ लोकप्रिय रहेको पौडेल जनता समाजबादी पार्टीमा प्रबेश गरी मेयरमा लडे भने त्रिपक्षीय भिडन्त हुने मतदाताहरु ब्ताउछन् । तर जनता समाजबादी पार्टीमा उनी प्रबेश गर्छन या गर्दैनन अझैसम्म त्यस बारे कुनै जानकारी आएको छैन ।

२०७४ को निर्वाचनमा जनता समाजबादी पार्टीले ४ हजार ५४ मत ल्याई तेश्रो भएको थियो । कपिलवस्तु नगरपालिकामा ४७ हजार ८० मतदाता

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation