


कपिलवस्तु । जनता समाज बादी पार्टी नेपाल विजयनगरले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको नाम टुङ्गाएको छ ।आज बसेको पार्टीको बैठकले गाउपालिकाको अध्यक्ष पदमामा सर्वसम्मत राम निवास पुरी र उप मेयर मा दुई जना आकाक्षिं पर्भावती थारु र अशुनी कुमार चाइको नाम टुङ्गाएको जसपा विजयनगरका अध्यक्ष सन्तराम तेलिले जानकारी दिनु भयो ।
७ वटा वडा रहेको गाउँपालिकामा वडा नम्वर ३,४,५,६,७नम्बर वडामा सर्वसम्मत रूपले वडाध्यक्षको नाम सिफारीस भएको अध्यक्ष तेलिले जानकारी दिनु भयो ।
उहाँका अनुसार वडा नम्बर २ मा सन्तराम तेलि , ४ मा जीवन लाल तिवारी , ५ मा विजय सिहं चौहान, ६ मा असोक कुमार जैस र ७ मा वृज राज चौधरीको नाम टुङ्गिएको हो ।यी बाहेकका अन्य दुई वटा वडामा पनि भोलि सम्म सर्वसम्मत नाम अनुमोदन हुने अध्यक्ष तेलिले जानकारी दिनु भयो ।